Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

‘र’ का पूर्व हाकिमले ओली र प्रचण्डमात्रै होइन बाबुराम र कोईरालालाई समेत भेटेको खुलासा

\"sushil-koirala-baburam\"काठमाडौं । नेपालको संविधान निर्माण प्रक्रिया सँगसँगै भारतसँग चुलिएको विवाद खुलमखुल्ला चूनौतिको अवस्थामा पुगेपछि भारत सरकारका तर्फ बाट ‘र’ का पूर्व प्रमुख अवधेस विहारी माथुर सुटुक्क नेपाल आएर नेपालका प्रमुख नेताहरुसँग भेटघाट गरेपछि समाचार प्रकाशमा आएको थियो । स्रोतका अनुसार समाचारमा आएजस्तो माथुरले एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मात्र नभई प्रधानमन्त्री सुशिल कोइराला र एमाओवादी नेता बाबुराम भट्टराईलाई समेत भेटेका थिए । विहिबार नेपाल आएका माथुरले भारतीय सरकारको पछिल्लो धारणा सहित सबभन्दा पहिला एमाओवादीका नेता बाबुराम भट्टराईसँग भेट गरेका थिए । मधेश आन्दोलनका समर्थक  र संविधान निर्माणमा असन्तुष्ट भट्टराईसँग माथुरले नेपाल भारतको चिसिएको सम्बन्धका बारेमा कुरा गर्नुका साथै नेपालका अन्य नेताहरुको मनस्थितिका बारेमा समेत भट्टराईको राय मागेका थिए । भट्टराईले आफुहरु भारतसँग सम्बन्ध विगार्ने पक्षमा नरहेको बताएलगत्तै माथुर एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेको स्रोतले बतायो । ओलीसँग समेत दिपक्षिय हित र सम्बन्ध विकासको बारेमा छलफल गरेका माथुरले त्यसलगत्तै प्रधामन्त्री कोइरालालाई बालुवाटार निबासमै पुगेर भेटेको स्रोतले बतायो । बालुवाटारबाट सिधै एमाओवादी अध्यक्ष प्रचण्ड निवास पुगेका माथुर प्रचण्डसँग कुटनितीक ढंगले समाधान गर्नुपर्ने विवाद सार्वजनिक रुपमा आरोपप्रत्यारोपमा पुगेकोमा दुख लागेको भन्दै भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाएका थिए । उच्चस्रोतले बताए अनुसार भारतीय पक्षको चाहना अनुसार नै भेटलाई गोप्य राखिएको थियो भने भारत नेपालसँगको सम्बन्ध सुधार गर्न चाहेको समेत बताएको छ । स्रोत भन्छ -सामान्य र भेटघाटको विषयलाई गोयवल्स शैलीमा प्रचार गर्ने काममा उच्च नेतृत्व नै यसरी लागेपछि निकास होइन विनास हुन्छ । नेपाली नेताहरुको सन्देश लिएर माथुर शुक्रबारै दिल्ली फर्किसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending