Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

काभ्रे र सिन्धुपाल्चोक जोड्ने सुनकोसी नदीको पुल निर्माण पाँच वर्षदेखि अलपत्र

खबरडबली संवाददाता

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोसी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।

काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटरेबल पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै आउनुपरेको हो । 

सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न लागि सुनकोसी नदीमा मोटरेबल पक्की पुल निर्माणार्थ सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच वि.सं २०७७ भदौ १० गते सम्झौता गरिएको थियो । वि.सं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता गरिए पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काममा आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन् ।

विभाग अन्तर्गतको पुल सेक्टर कार्यालयका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको कम्पनीले विभिन्न बहाना गरेपछि कार्यालयले सम्पर्क गर्दासमेत सम्पर्कमा आएका छैनन् ।

सम्झौताको समय सीमाभित्र काम नगरेपछि पछिल्लो पटक वि.सं २०८१ वैशाख २० गते विभागीय निर्णय अनुसार एकै पटक २३ महिना २५ दिनका लागि म्याद थप गरिए पनि निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगरेको महर्जनले बताए । उहाँका अनुसार पुल निर्माणार्थ थपिएको म्याद पनि गत जेठ ९ गते सकिएको छ ।

उक्त पुल निर्माण गर्न भ्याटसहित रु ११ करोड सात लाख ४२ हजार २०० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म पुलको तीन वटा पिल्लर उठाउनुका साथै काभ्रेपलान्चोकतर्फ एउटा स्पान मात्रै तयार भएको इन्जिनियर महर्जनले जानकारी दिए । निर्माण कम्पनीलाई मौखिक र लिखित रूपमा सम्झौताअनुसार निर्माणका साथै बाढीबाट पुल जोगाउनका लागि नदी तटबन्धनको काम गर्न निर्देशन दिँदै आइएको भन्दै हालसम्म अटेर गर्दै आएका उनले बताए । 

भुम्लु गाउँपालिका–१ का वडाध्यक्ष लेखबहादुर श्रेष्ठले सुनकोसी नदीमा निर्माणाधीन पुलको काम सम्पन्न नहुँदा नागरिकले सास्ती खेप्नु परेको बताए । ‘पुल नबन्दा यहाँका नागरिकले १५ किलोमिटर बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता छ, पुल बन्दा चार किमी मात्रै हिँडे पुग्थ्यो’, उनले भने ।

श्रेष्ठका अनुसार अहिले दोलालघाट हुँदै टार भएर १५ किमी बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता छ । निर्माण व्यवसायीको लापरबाहीका कारण पुल बेवारिसे अवस्थामा रहेको बताउँदै सडक विभाग र निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरी यसको विकल्प खोजिने उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending