सिराहा । सिराहा प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्र र लहान नगरपालिका– ३, अस्पताल चोकबाट प्रतिबन्धित लागुऔषधसहित ६ जना युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म माडर र इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँचको क्रममा सिराहा नगरपालिका– १५, बुधौरा गाउँ हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका तीनजनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
म.प्र.०१–००४ प ६९६१ नम्बरको मोटरसाइकल चढेका सिराहा– १५, बुधौरा गाउँका करिब २४ वर्षीय मुकेश महरालाई रोकेर खानतलासी गर्दा उनको साथबाट खैरो हेरोइनजस्तो देखिने प्लास्टिकसहित ०.२३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, म.प्र.०१–००४ प ९८६२ नम्बरको मोटरसाइकल चढेका सिराहा– १३, फुलबरिया गाउँका करिब २० वर्षीय सतिश यादव र पछाडि बसेका सिराहा २० सिकाज्योतिका करिब २४ वर्षीय रमनकुमार यादवलाई खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो । रमनको शरीरबाट प्लास्टिकसहित ०.४३ ग्राम बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले त्यही दिन साँझ लहान नगरपालिका– ३, अस्पताल चोकस्थित ठाढी सडकखण्डबाट तीन युवकलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चेकजाँचको क्रममा लहान– ४ बस्ने करिब १८ वर्षीय श्यामबाबु रजकको साथबाट दुई एमएलका १५–१५ एम्पुल डाइजिपाम, बुप्रेनर्फिन, फेनार्गनसहित पक्राउ गरिएको हो। प्रहरीले रजकसँगै रहेका स्थानीय करिब १९ वर्षीय दिपेशकुमार यादव र सखुवानन्कारकट्टी गाउँपालिका– ५ का करिब १९ वर्षीय धीरज यादवलाई पक्राउ गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित पक्राउ गरिएका ६ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: