Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

देउवा र ओलीको नेतृत्वले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा पत्याउने वातावरण बनेको छ : परराष्ट्रमन्त्री राणा

खबरडबली संवाददाता

पोखरा । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको बताएकी छिन् ।पोखरामा बुधबार बगैँचा रिसोर्टको उद्घाटन गर्दै उनले नेपालमा केही पनि भएको छैन भन्ने गलत भाष्य निर्माण भएको बताइन् ।

देउवाले राजनीतिक स्थायित्वविना देशको समृद्धि र विकास सम्भव नहुने भन्दै अहिलेको सरकारले उत्कृष्ट भिजनका साथ काम गरिरहेको दाबी गरिन् । ‘दुई पार्टीका सिनियर पोलिटिसियनले धेरै सोचेर गठबन्धन गर्नुभएको हो,’ उनले भनिन्, ‘यसले देशलाई अगाडि बढाउछ भन्ने उहाँहरूको जुन एउटा आशा थियो, एउटा भिजन थियो, त्यो भिजन हो रहेछ भन्ने अहिले हामीले देखेका पनि छौं ।’

कूटनीतिको क्षेत्रमा धेरै कुरा अगाडि बढेको बताउँदै उनले यसमा आफू एक्लैको मात्रै भूमिका नभएको बताइन् ।

‘देउवाजी र ओलीजीको लिडरसिपले नै नेपाललाई अहिले अन्तर्राष्ट्रिय रूपमा पत्याउने वातावरण बनेको छ,’ उनले भनिन्, ‘त्यो वातावरणको मात्रै मैले गुड युज गरेको हो । अंग्रेजी बोल्न जान्दैमा डिप्लोमेसी हुँदैन । यो देश कस्तो छ र त्यो देशले कस्तो गरिरहेछ भन्नेमा पनि भर पर्छ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भैरहवामा ४१.५ डिग्री तापक्रम, विभिन्न जिल्लामा भारी वर्षा

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो...

विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको संसद्मा स्पष्टीकरण, “कसैलाई हतोत्साही बनाउने मनसाय थिएन”

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहर...

समयानुकूल र प्रभावकारी कानुन मस्यौदा गर्न कानुनमन्त्री गौतमको आग्रह

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छिन्। बुधब...

सभामुख अर्याल र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ। सङ्घीय संसद्‍ प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्ट...

तीन वर्षभित्र सबै पहिरोको व्यवस्थापन र तीन हजार नयाँ पुल निर्माण हुन्छन् : मन्त्री लम्साल

एक लेनका सबै सडक दुई लेनमा विस्तार गरिने

भौतिक मन्त्रालयले १० खर्ब बराबरका आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजादै

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजाने तया...

नारायणी र भोटेकोसीमा बगेका दुई जनाको सकुशल उद्धार

चितवन। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नवलपरासी (बर्दघाट स...

पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको हो : भौतिकमन्त्री लम्साल

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको बताएका छन् । संसद्मा बजेटमाथि...

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार, विद्यालय पुनर्संरचना पनि अघि बढाइने

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोज...

ई–पासपोर्ट खरिद प्रकरण: आरजु राणालाई बयानका लागि अख्तियारको बोलावट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending