Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

दुवै नाका खोलेर नेपालमा आपूर्ति गर्न चीन तयार

आजको नागरिक दैनिकमा बेइजिङबाट पूर्ण वस्नेतको खबर छ– बेइजिङ- संविधान जारी भएपछिको नेपालको राजनीतिक परिस्थितिलाई गम्भीर चासोसाथ हेरिरहेको चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामग्री आपूर्ति सहज बनाउन तयार रहेको जनाएको छ। मधेसमा भइरहेको आन्दोलनलाई कारण देखाउँदै भारतले तेलसहितका उपभोग्य सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको अवस्थामा उत्तरी छिमेक चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागमा नेपालसहित दक्षिण तथा दक्षिणपूर्व एसिया मामिला हेर्ने उपमन्त्री छन फेङस्याङले शुक्रबार बेइजिङमा राजदूत महेश मास्केसँग भएको भेटवार्तामा नेपालसँगको नाका खोल्ने कामलाई चीनले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए। [caption id=\"attachment_39873\" align=\"alignleft\" width=\"290\"]\"china_chan_feng_syang\" उपमन्त्री छन फेङस्याङ[/caption] उपमन्त्री छन नेसनल पिपुल्स कंग्रेसको अन्तर्राष्ट्रिय मामिला कमिटीका उपाध्यक्ष पनि हुन्। चीनको उपविदेशमन्त्री सरहकै हैसियत राख्ने उपमन्त्री छन नेपाल मामिलामा बेइजिङमा निकै प्रभावशाली मानिन्छन्। उपमन्त्री छनसँग भएको भेटवार्तामा राजदूत मास्केले नेपालको अहिलेको परिस्थितिबारे ब्रिफिङ गर्दै दशैँ पर्व समेत नजिक आएकाले तातोपानी र रसुवागढी नाका खोलेर सीमा व्यापार सुचालु गरिए धेरै नेपालीले सहजता महसुस गर्ने बताएका थिए। \'पर्वका लागि पनि सहज हुने गरी चीनले नेपालसँगका दुवै नाका खोल्न प्राथमिकतासाथ काम गर्नेछ,\' उपमन्त्री छनको जवाफ उद्धृत गर्दै राजदूत मास्केले भने, \'नेपाललाई आवश्यक परे उपभोग्य सामग्री आपूर्ति गर्नसमेत चीन तयार छ।\' वैशाख १२ को भूकम्पसँगै पहिरोका कारण बन्द तातोपानी र रसुवागढी नाका अझै खुलेका छैनन्। नेपाल–चीन सीमा व्यापार बन्द हुँदा नेपाल र चीनको तिब्बत दुवैतिरको अन्तर्राष्ट्रिय व्यापार सुकेको छ। तिब्बतको अन्तर्राष्ट्रिय व्यापारको ९० प्रतिशत हिस्सा नेपालको नाका भएर हुन्छ। राजदूत मास्केका अनुसार छनको प्रतिवद्धता हेर्दा दसैँअघि नै नाका खोल्न चीन अग्रसर भएको छ। उपमन्त्री छनले नेपालले संविधान बनेपछि पनि अप्ठेरो परिस्थिति सामना गरिरहेको बारे राजदूत मास्केसँग जिज्ञासा राखेका थिए। \'नेपाललाई आवश्यक परे उपभोग्य सामग्री आपूर्ति गर्नसमेत तयार रहेको\' आश्वासन दिएर छनले भारतको अप्रत्यक्ष नाकाबन्दी जारी रहे चीनले नेपाललाई सहयोग गर्ने संकेत दिएका छन्। नयाँ संविधान जारी गरेर पुनर्निर्माण र आर्थिक विकासतिर अग्रसर भएकोमा नेपाललाई बधाई दिँदै छनले वार्ताद्वारा मधेसको आन्दोलनको समाधान खोज्न नेपाललाई सुझाव दिए। राजदूत मास्केले मधेसमा आन्दोलन गरिरहेका दलहरूसँग वार्ता गर्न नेपाल सरकार गम्भीर रहेको र त्यसै कारण प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघीय महासभामा सहभागी हुने कार्यक्रमसमेत रद्द गरेको जनाकारी गराएका थिए। \'नेपालले संविधानसभाका ९० प्रतिशत सदस्यको समर्थनमा लोकतान्त्रिक प्रक्रियाबाट नयाँ संविधान जारी गरेको छ, त्यो स्व्ाागतयोग्य उपलब्धि हो,\' काठमाडौंमा संविधान जारी भएलगत्तै बेइजिङले स्वागत गरेको स्मरण गर्दै उपमन्त्री छनले भने, \'नेपालले वार्ताबाट अहिले देखिएका समस्या समाधान गर्न सक्छ भन्ने चीनको दृढ विश्वास छ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending