Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

मेयर थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सुनुवाइ जारी

खबरडबली संवाददाता

काठमाडौं । बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ भइरहेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो । मेयर थापाविरुद्धको मुद्दा गत असार १२ गतेदेखि ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ भइरहेको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ मा ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । थापाको बिगो कायम गरिएको रकम बराबरको धन घरजग्गा खरिद, कम्पनी स्थापना, सहकारीलगायतमा लगानी गरेको भेटिएको छ ।

थापा स्थानीय तहको २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा बागमतीको नगर प्रमुखमा निर्वाचित भएका थिए । थापा सार्वजनिक पदमा आएयता स्रोत नखुलेको रकमबाट बढे–बढाइएको चलअचल सम्पत्ति पनि जफत गर्न अख्तियारले मागदाबी लिएको छ । अख्तियारले थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे (थापा), भाइ रामकुमार र भाइबुहारी द्वारिका राउतलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । 

नगर प्रमुख थापाले सार्वजनिक पदमा आएपछि गैरकानुनी सम्पत्ति परिवार र आफन्तमार्फत व्यवस्थापन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । थापा सर्लाहीको मानव निर्मित भरत तालका सञ्चालक पनि हुन् ।

सार्वजनिक पदको दुरुपयोग गरी थापाले परिवार र नातेदारका नाममा कम्पनी खडा गरेर भ्रष्टाचारको धन व्यवस्थापन गरेको, गैरकानुनी सम्पत्ति सहकारी र जग्गामा लगानी गरेकोलगायत विषयमा उनीविरुद्ध उजुरी परेको थियो । थापा नगर प्रमुख भएयता १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको कारोबार गरेको देखिएकोमा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम गरेको छ ।

थापा नगर प्रमुख रहेकै बेला २०७५ असार ३२ मा बुहारी द्वारिकाले मनोकामना बहुउद्देश्यीय सहकारीबाट २० लाख ९२ हजार ७ सय २४ रुपैयाँ ऋण लिएकी थिइन् । पछि उक्त सहकारीको ऋण तिरेको देखाइएको छ । तर त्यसको स्रोत भने खुलेको छैन । 

थापाले पनि सोही मितिमा १६ लाख १४ हजार ४ सय ७५ रुपैयाँ र आमा कृष्णमाया थापाले एक महिनापछि साउन ३२ मा १७ लाख ९ हजार ६ सय ८८ रुपैयाँ सहकारीमा ऋण तिरेको देखाइए पनि यसको समेत स्रोत खुलेको छैन । २०७५ साउन ३१ मै बुहारी द्वारिकाले पनि सोही सहकारीमा १७ लाख ९ हजार ६ सय ८८ रुपैयाँ ऋण तिरेको देखाइए पनि स्रोत खुलेको छैन । 

२०७७ असोज ६ मा थापाका भाइ रामकुमारले रौतहटको जुडिबेलामा सरकारी न्यूनतम मूल्य कायम गरी ५२ लाख २५ हजारमा १० कट्ठा जमिन खरिद गरेकोमा यसको स्रोत कतैबाट नखुलेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

नगर प्रमुख थापा र उनकी श्रीमती, आमा, भाइ–बुहारी लगायतमार्फत भएका १० वटा कारोबारको रकममध्ये आंशिक स्रोत नखुलेको रकम १ करोड ७५ लाख ८४ हजार ५ सय ५७ रुपैयाँ देखिन्छ । यसरी शतप्रतिशत १४ र आंशिक १० वटा लेनदेन–कारोबारबाट स्रोत नखुलेको कुल सम्पत्ति ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बराबर हुन आउँछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending