बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले एक सय दिनसम्म स्वच्छ हावामा हिँडडुल गर्न नपाएको गुनासो गरेका छन्। रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सोमबार मानवअधिकार आयोगको टोलीसँगको भेटमा यस्तो गुनासो गरेका हुन्।
यसैगरी लामिछानेले अदालतले अनुमति प्रदान गरिसकेको कारागार स्थानान्तरणको विषय रोकिएकामा आयोगको ध्यानाकर्षण गराएको आयोगकी आयुक्त लिली थापाले सञ्चारकर्मीलाई जानकारी दिइन्। थापाका अनुसार कुराकानीमा लामिछानेले खाना र बसोबास राम्रो भएको बताएका थिए।
कारागारको अवस्था सामान्यभन्दा कमजोर देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आयोगका प्रतिनिधिहरूका अनुसार लामिछाने राखिएको कोठामा एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको छ।
आयुक्त लिली थापाले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको र आधारभूत सुविधाको अभाव रहेको बताइन्। कैदीबन्दीअनुसार शौचालयको संख्या समेत अपुग रहेको उनले बताइन्।
रवि लामिछानेलाई राखिएको ब्लकको अवस्थाबारे बोल्दै थापाले झ्याल प्लाइउडले छोपिएकाले हावा प्रवेश गर्न सक्ने व्यवस्था नभएको बताइन्। रविको कोठामा एउटा चाइनिज ब्रान्डको पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने खालको ठूलो पंखा राखिएको छ।
सुरक्षाको कारण देखाउँदै जेल प्रशासक सुरेश भण्डारीले झ्याल बन्द गरिएको बताए। टोलीले झ्याल खोल्न आग्रह गरेपछि प्रशासन त्यसका लागि सहमत देखिएको थापाले जनाइन्। आयोगले समग्रमा कारागारभित्र मानवीय तथा आधारभूत सुविधाको सुधार आवश्यक रहेको टिप्पणी गरेको छ। आयुक्त थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बीसीसहितले कारागार निरीक्षण गरेका थिए।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई गत चैत २५ गतेदेखि थुनामा छन्। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो।
भैरहवा कागारमा क्षमताभन्दा तीनगुणा बढी बन्दी राखिएको छ। दुई सय ५० क्षमताको कारागारमा अहिले ६ सय २८ जना कैदी, बन्दी र थुनुवा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: