रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पूर्व केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले पार्टीभित्र लोकतन्त्र नरहेको बताएका छन् । उनले नाममा लोकतान्त्रिक भए पनि व्यवहारमा भने नभएको आरोप लगाएका हुन् ।
बिहीबार रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलन गर्दै गुप्ताले लोसपामा भएको विभेदको विरोध र लोकतान्त्रिक रूपमा मन्त्री चयन गर्नुपर्छ भनेर आवाज उठाउँदा आफूलाई पार्टीबाट निष्कासित गरिएको बताए ।
‘एउटा युवा (माननीय कन्हैया) बनियालाई यस पटक मौका दिनुपर्छ भनेर आवाज उठाएको हुँ, आवाज उठाउँदा कुनै स्पष्टीकरण नसोधी मलाई पार्टीबाट निष्कासन गरियो, आफ्नो ज्यानको बाजी लगाएर आन्दोलनमा लागेको एउटा जनताको सिपाही हुँ, ’उनले भने ।
एक–दुई नेताले भन्दैमा पार्टीबाट कारबाही गर्नु कत्तिको जायज हो भन्दै उनले प्रश्न गरे । ‘लोसपाका केही नेताहरूले आज पार्टीलाई प्राइभेट कम्पनीमा ढाल्दै लगेको छ। मधेश आन्दोलन र आन्दोलनकारीहरूको मुद्दाको योगदानको सम्मान हुन छाडेको छ । ‘सत्ता केन्द्रित राजनीति हाबी हुँदै गएको छ । पुस्तान्तरण गर्ने नयाँ पिँढीलाई पालो दिने कुराहरू कुरामा सीमित हुन थालेको आभास भएको छ,’ उनले भने ।
गुप्ताले लोकतान्त्रिक पद्धति अनुरूप नै फरक मत प्रकट गर्दा पार्टीबाट अलोकतान्त्रिक व्यवहार भएको बताए । ‘कसैले मेरो व्यक्तिगत निष्ठामा प्रहार गर्दैमा हार खाने व्यक्ति होइन, मधेशको कुना कुनामा गएर मधेशबासीको घाउमा मल्हम लगाउन न हिजो कसैले रोक्यो, न आज रोक्छ, न भोली नै रोक्न सक्छ,’ उनले भने ।
चारपटक प्रदेशको मन्त्री भइसकेको व्यक्तिको रिपोर्ट कार्ड खोइ भन्दै उनले प्रश्न गरे । कसको दबाबमा एकै व्यक्तिलाई प्रत्येक पटक मन्त्री बनाइयो भनेर आफूले आवाज उठाएको उनले बताए । आफूले तानाशाही प्रवृत्तिको निरन्तर विरोध गरिरहने उनले बताए ।
गुप्ताले निकट भविष्यमा कुनै न कुनै प्रक्रिया र पद्धतिबाट पुनः आउने तथा देश र मधेशको हितका लागि उभिने जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: