हेटौंडा । बामगती प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालयका ५ जना सचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ सहसचिवहरूको सरुवा गर्दा बागमती प्रदेश सरकार अन्तर्गतका मन्त्रालयका पाँच सचिवको पनि सरुवा भएको हो ।
संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको थियो । जसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राना मगर, आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली, सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्यको सरुवा भएको हो ।
राना गत २०८१ फागुनमा मात्र बागमती प्रदेशमा सरुवा भएर आएका थिए । उनको प्रधानमन्त्री कार्यालय अन्तर्गत सरुवा भएको छ । करिब १५ महिनादेखि बागमतीमा कार्यरत सचिव मैनालीको संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने २०८० भदौबाट कार्यरत सचिव श्रेष्ठको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरुवा भएको छ ।
त्यस्तै गत फागुन १५ मा सरुवा भइ बागमती प्रदेशमा हाजिर भएकी सचिव बज्राचार्यको गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । उनको ५ महिनामै सरुवा भएको हो ।
गत २०८१ असोजमा बागमती प्रदेशमा हाजिर भएका सचिव शाक्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य ४ जना सहसचिवलाई बागमतीको सचिवमा सरुवा गरेर पठाएको छ, जसमा प्रमुख कर प्रशासकका रूपमा मध्यमस्तरीय करदाता कार्यालय काठमाडौैँमा कार्यरत पार्वती शर्मा, युवा तथा खेलकुद मन्त्रालय लुम्बिनीमा कार्यरत बलराम ढकाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णालीमा कार्यरत इन्द्रदेव भट्ट, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशमा कार्यरत इश्वरचन्द्र मरहठ्ठा बागमती प्रदेश आउने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...




प्रतिकृया लेख्नुहोस्: