हेटौंडा । बामगती प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालयका ५ जना सचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ सहसचिवहरूको सरुवा गर्दा बागमती प्रदेश सरकार अन्तर्गतका मन्त्रालयका पाँच सचिवको पनि सरुवा भएको हो ।
संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको थियो । जसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राना मगर, आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली, सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्यको सरुवा भएको हो ।
राना गत २०८१ फागुनमा मात्र बागमती प्रदेशमा सरुवा भएर आएका थिए । उनको प्रधानमन्त्री कार्यालय अन्तर्गत सरुवा भएको छ । करिब १५ महिनादेखि बागमतीमा कार्यरत सचिव मैनालीको संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने २०८० भदौबाट कार्यरत सचिव श्रेष्ठको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरुवा भएको छ ।
त्यस्तै गत फागुन १५ मा सरुवा भइ बागमती प्रदेशमा हाजिर भएकी सचिव बज्राचार्यको गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । उनको ५ महिनामै सरुवा भएको हो ।
गत २०८१ असोजमा बागमती प्रदेशमा हाजिर भएका सचिव शाक्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य ४ जना सहसचिवलाई बागमतीको सचिवमा सरुवा गरेर पठाएको छ, जसमा प्रमुख कर प्रशासकका रूपमा मध्यमस्तरीय करदाता कार्यालय काठमाडौैँमा कार्यरत पार्वती शर्मा, युवा तथा खेलकुद मन्त्रालय लुम्बिनीमा कार्यरत बलराम ढकाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णालीमा कार्यरत इन्द्रदेव भट्ट, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशमा कार्यरत इश्वरचन्द्र मरहठ्ठा बागमती प्रदेश आउने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: