काठमाडौं । एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले राज्य प्रतिगमनको बाटोमा लागेको भन्दै महिला अधिकार खोस्ने षड्यन्त्र भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले नागरिकताको बहानामा बहुविवाहलाई वैधता दिने र विवाहको उमेर घटाउने जस्ता प्रयासले पितृसत्तात्मक सोचलाई बलियो बनाइरहेको बताएकी हुन् ।
सांसद शाहले लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिका लागि गरिएका त्याग, तपस्या र बलिदानको स्मरण गर्दै हाल राज्यको दिशा देखेर दुःख लागेको बताइन् । उनले भनिन्, ‘लोकतन्त्र ल्यायौँ। गणतन्त्र ल्यायौँ। संविधान लेख्यौँ। संविधानमा समानताको हक, महिलाको हकलाई मौलिक हकको रुपमा राख्यौँ तर राज्य प्रगतिको पथमा भन्दा पछाडि फर्किरहेको देख्दा धेरै दुःख लाग्छ। के हामीले त्यो त्याग, तपस्या, बलिदान र दुःख यसैका लागि गरेका थियौँ ?’
पितृसत्तात्मक चिन्तन पुनः बलियो भएर फर्किरहेकोमा चिन्ता व्यक्त गर्दै उनले बालबालिकाले नागरिकता नपाएको तर्क दिएर बहुविवाहलाई कानुनी मान्यता दिने कोसिस भइरहेको बताइन्।
उनले प्रश्न गरिन्, ‘आजको दिनमा महिलालाई अधिकार बढी भयो भन्ने पितृसत्तात्मक चिन्तन पुनः बलियो भएर फर्किरहेको देख्छु। अब एउटा पुरुषले पाँच जना महिलासँग सम्बन्ध राखेर बच्चा जन्माउने अनि त्यसलाई नागरिकता दिने नाममा के पाँचै जनासँग उसले विवाह गर्न पाउने ? हाम्रो राज्य यतातिर फर्कने ?’
त्यसैगरी, विवाह गर्ने उमेर घटाउने गरी कानुन बनाउन खोजिएको भन्दै उनले त्यसको पनि कडा आलोचना गरिन्। ‘आजकालका बच्चाको खानपान राम्रो भयो, हर्लक्क बढेका छन् भन्दै विवाहको उमेर घटाउन खोजिँदैछ। के शारीरिक पुष्टता मात्रै विवाहको उमेरको मापक हो?’, शाहले प्रश्न गरिन्।
देशमा महिला हिंसाका घटना बढिरहेको सन्दर्भमा सांसद शाहले हालै दैलेखमा भएको एक अमानवीय घटनाको भर्त्सना गरिन्।
‘दैलेखमा विपन्न दलित परिवारकी १३ वर्षीया बालिकालाई लखेटी–लखेटी ढुंगाले हानेर घाइते बनाई सामूहिक बलात्कार गर्ने निच कुकृत्य भएको छ,’ उनले भनिन्, ‘म यो घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्न चाहन्छु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: