काठमाडौं । एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले राज्य प्रतिगमनको बाटोमा लागेको भन्दै महिला अधिकार खोस्ने षड्यन्त्र भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले नागरिकताको बहानामा बहुविवाहलाई वैधता दिने र विवाहको उमेर घटाउने जस्ता प्रयासले पितृसत्तात्मक सोचलाई बलियो बनाइरहेको बताएकी हुन् ।
सांसद शाहले लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिका लागि गरिएका त्याग, तपस्या र बलिदानको स्मरण गर्दै हाल राज्यको दिशा देखेर दुःख लागेको बताइन् । उनले भनिन्, ‘लोकतन्त्र ल्यायौँ। गणतन्त्र ल्यायौँ। संविधान लेख्यौँ। संविधानमा समानताको हक, महिलाको हकलाई मौलिक हकको रुपमा राख्यौँ तर राज्य प्रगतिको पथमा भन्दा पछाडि फर्किरहेको देख्दा धेरै दुःख लाग्छ। के हामीले त्यो त्याग, तपस्या, बलिदान र दुःख यसैका लागि गरेका थियौँ ?’
पितृसत्तात्मक चिन्तन पुनः बलियो भएर फर्किरहेकोमा चिन्ता व्यक्त गर्दै उनले बालबालिकाले नागरिकता नपाएको तर्क दिएर बहुविवाहलाई कानुनी मान्यता दिने कोसिस भइरहेको बताइन्।
उनले प्रश्न गरिन्, ‘आजको दिनमा महिलालाई अधिकार बढी भयो भन्ने पितृसत्तात्मक चिन्तन पुनः बलियो भएर फर्किरहेको देख्छु। अब एउटा पुरुषले पाँच जना महिलासँग सम्बन्ध राखेर बच्चा जन्माउने अनि त्यसलाई नागरिकता दिने नाममा के पाँचै जनासँग उसले विवाह गर्न पाउने ? हाम्रो राज्य यतातिर फर्कने ?’
त्यसैगरी, विवाह गर्ने उमेर घटाउने गरी कानुन बनाउन खोजिएको भन्दै उनले त्यसको पनि कडा आलोचना गरिन्। ‘आजकालका बच्चाको खानपान राम्रो भयो, हर्लक्क बढेका छन् भन्दै विवाहको उमेर घटाउन खोजिँदैछ। के शारीरिक पुष्टता मात्रै विवाहको उमेरको मापक हो?’, शाहले प्रश्न गरिन्।
देशमा महिला हिंसाका घटना बढिरहेको सन्दर्भमा सांसद शाहले हालै दैलेखमा भएको एक अमानवीय घटनाको भर्त्सना गरिन्।
‘दैलेखमा विपन्न दलित परिवारकी १३ वर्षीया बालिकालाई लखेटी–लखेटी ढुंगाले हानेर घाइते बनाई सामूहिक बलात्कार गर्ने निच कुकृत्य भएको छ,’ उनले भनिन्, ‘म यो घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्न चाहन्छु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: