Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

टीकापुर पुगेर कोइरालाले भने–अमरेशलाई पनि कारवाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुर घटनाका दोषिहरुलाई कारवाही गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । उनले घटना हुन उकास्ने कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई पनि कारवाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

\"Sushilथरुहट प्रदेश माग गर्दै गत भदौ ७ गते टीकापुरमा थारु समुदायले गरेको आन्दोलनले हिंसात्मक रुप लिँदा एक एसएसपीसहित ८ सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको मृत्यु भएको थियो ।

घटना भएको एक महिनापछि जिल्लाको बस्तुस्थिति बुझ्न शनिबार कैलाली पुगेका प्रधानमन्त्री कोइरालाले बिभिन्न पक्षसँग छलफल गरेपछि दोषिलाई उम्किन नदिने बताए ।

केही मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँग कैलालीको टीकापुर गएका कोइरालाले घटनाका पीडितहरुसँग पनि छलफल गरेका थिए ।

उनले कैलालीको घटना गराउन आफ्नै पार्टीका नेता अमरेश कुमार सिंहले प्रेरित गरेको बताए ।

कांग्रेस नेता सिंह र सदभावना अध्यक्ष राजेन्द्र महतोले टीकापुरमा सार्बजनिक सभा गरेर एउटै मञ्चबाट हतियार उठाउन थारु समुदायलाई आह्वान गरेका थिए । त्यसको केही दिनपछि टीकापुरमा हिंसा भड्किएको थियो । उत्तेजक अभिव्यक्ति दिएको र सामाजिक सदभाव खलबल्याएकोबारे कांग्रेसले सिंहसँग स्पष्टिकरण सोधे पनि कारवाही भने गरेको छैन ।

कोइरालाले बाँके, रुपन्देही र नवलपरासी जिल्लाको भ्रमणसमेत गरेका थिए । रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा उनले विस्तारै तराईको जनजीबन सामान्य हुने बताए ।

सार्वभौमिकता र राष्ट्रिय एकतालाई खलल पु¥याउने गतिविधि स्वीकार्य नहुने भन्दै उनले सबैको भावना समेट्ने गरी संविधान जारी भएकाले भ्रम फैलाउन खोज्नेहरुसँग सतर्क रहन आह्वान गरे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending