Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

टीकापुर पुगेर कोइरालाले भने–अमरेशलाई पनि कारवाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुर घटनाका दोषिहरुलाई कारवाही गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । उनले घटना हुन उकास्ने कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई पनि कारवाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

\"Sushilथरुहट प्रदेश माग गर्दै गत भदौ ७ गते टीकापुरमा थारु समुदायले गरेको आन्दोलनले हिंसात्मक रुप लिँदा एक एसएसपीसहित ८ सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको मृत्यु भएको थियो ।

घटना भएको एक महिनापछि जिल्लाको बस्तुस्थिति बुझ्न शनिबार कैलाली पुगेका प्रधानमन्त्री कोइरालाले बिभिन्न पक्षसँग छलफल गरेपछि दोषिलाई उम्किन नदिने बताए ।

केही मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँग कैलालीको टीकापुर गएका कोइरालाले घटनाका पीडितहरुसँग पनि छलफल गरेका थिए ।

उनले कैलालीको घटना गराउन आफ्नै पार्टीका नेता अमरेश कुमार सिंहले प्रेरित गरेको बताए ।

कांग्रेस नेता सिंह र सदभावना अध्यक्ष राजेन्द्र महतोले टीकापुरमा सार्बजनिक सभा गरेर एउटै मञ्चबाट हतियार उठाउन थारु समुदायलाई आह्वान गरेका थिए । त्यसको केही दिनपछि टीकापुरमा हिंसा भड्किएको थियो । उत्तेजक अभिव्यक्ति दिएको र सामाजिक सदभाव खलबल्याएकोबारे कांग्रेसले सिंहसँग स्पष्टिकरण सोधे पनि कारवाही भने गरेको छैन ।

कोइरालाले बाँके, रुपन्देही र नवलपरासी जिल्लाको भ्रमणसमेत गरेका थिए । रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा उनले विस्तारै तराईको जनजीबन सामान्य हुने बताए ।

सार्वभौमिकता र राष्ट्रिय एकतालाई खलल पु¥याउने गतिविधि स्वीकार्य नहुने भन्दै उनले सबैको भावना समेट्ने गरी संविधान जारी भएकाले भ्रम फैलाउन खोज्नेहरुसँग सतर्क रहन आह्वान गरे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending