काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच वाकयुद्ध तीव्र बनेको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा राप्रपाले मिलेर आफूलाई छुरा हानेको दाबी गरे। उनले लिङ्देनमाथि भारतबाट चोरीका गाडी ल्याएर बेच्ने आरोप समेत लगाएका थिए ।
प्रसाईंले भने, “राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने– यो त बैंक ठग हो । अब तिमीले जीवनमा धोका दिन सक्दैनौ । तिमी भारतबाट गाडी ल्याएर काट्ने व्यापारीका सन्तान हौ । १५ गते राप्रपाले मिलेर मलाई छुरा हानेको हो, म बाँच्न सफल भएको मान्छे हुँ।”
यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंका गतिविधि र भनाइप्रति खुलेर आलोचना गरेका थिए। उनले प्रसाईंलाई विवाद सिर्जना गरेर मात्र चर्चामा रहने प्रवृत्ति भएको बताएका छन्।
लिङ्देनले भनेका थिए, “दुर्गा प्रसाईंजस्ता मानिसले आरोप–प्रत्यारोप गरेर राजनीति प्रदूषित बनाउन खोजिरहेका छन्। उनले लगाएका व्यक्तिगत आक्षेपमा कुनै तथ्य छैन।”
चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा विभिन्न शक्तिहरू सहभागी थिए। त्यही आन्दोलनलाई लिएर अहिले दुई पक्षबीच आरोप–प्रत्यारोप चलेको छ। प्रसाईंले आन्दोलनमा आफूलाई लक्षित आक्रमण भएको दाबी गरे पनि राप्रपाले त्यसलाई निराधार भनेको छ।
यो वाकयुद्धले आन्दोलनका वास्तविक मुद्दा भन्दा बढी व्यक्तिगत आक्षेपलाई अगाडि ल्याएको विश्लेषण हुन थालेकाे छ । कतिपयले यसलाई नेपाली राजनीतिमा जरा गाडेको असहिष्णुता र व्यक्तिपूजाको प्रवृत्तिको प्रतिफलका रूपमा पनि हेरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: