Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

लिङ्देन-प्रसाईं : आन्दोलनदेखि व्यक्तिगत आरोपसम्म

खबरडबली संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच वाकयुद्ध तीव्र बनेको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा राप्रपाले मिलेर आफूलाई छुरा हानेको दाबी गरे। उनले लिङ्देनमाथि भारतबाट चोरीका गाडी ल्याएर बेच्ने आरोप समेत लगाएका थिए ।

प्रसाईंले भने, “राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने– यो त बैंक ठग हो । अब तिमीले जीवनमा धोका दिन सक्दैनौ । तिमी भारतबाट गाडी ल्याएर काट्ने व्यापारीका सन्तान हौ । १५ गते राप्रपाले मिलेर मलाई छुरा हानेको हो, म बाँच्न सफल भएको मान्छे हुँ।”

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंका गतिविधि र भनाइप्रति खुलेर आलोचना गरेका थिए। उनले प्रसाईंलाई विवाद सिर्जना गरेर मात्र चर्चामा रहने प्रवृत्ति भएको बताएका छन्।
लिङ्देनले भनेका थिए, “दुर्गा प्रसाईंजस्ता मानिसले आरोप–प्रत्यारोप गरेर राजनीति प्रदूषित बनाउन खोजिरहेका छन्। उनले लगाएका व्यक्तिगत आक्षेपमा कुनै तथ्य छैन।”

चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा विभिन्न शक्तिहरू सहभागी थिए। त्यही आन्दोलनलाई लिएर अहिले दुई पक्षबीच आरोप–प्रत्यारोप चलेको छ। प्रसाईंले आन्दोलनमा आफूलाई लक्षित आक्रमण भएको दाबी गरे पनि राप्रपाले त्यसलाई निराधार भनेको छ।

यो वाकयुद्धले आन्दोलनका वास्तविक मुद्दा भन्दा बढी व्यक्तिगत आक्षेपलाई अगाडि ल्याएको विश्लेषण हुन थालेकाे छ । कतिपयले यसलाई नेपाली राजनीतिमा जरा गाडेको असहिष्णुता र व्यक्तिपूजाको प्रवृत्तिको प्रतिफलका रूपमा पनि हेरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending