Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जेनेभालाई पुटिन/जेलेन्स्की शिखर सम्मेलन आयोजना गर्न म्याक्रोनको सुझाव

खबरडबली संवाददाता

पेरिस । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले जेनेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबिचको शान्ति शिखर सम्मेलन आयोजना गर्नसक्ने सुझाव दिएका छन् ।

सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपतिसँग भएको उच्चस्तरीय बैठकपछि म्याक्रोनले जेलेन्स्की–पुटिन शिखर सम्मेलन युरोपमै हुने जानकारी दिएका थिए । फ्रान्सेली समाचार च्यानल ‘एलसीआई’ मा मङ्गलबार प्रसारित अन्तर्वार्तामा म्याक्रोनले भने, “यो कुनै तटस्थ देशद्वारा आयोजना हुने छ, सायद स्विट्जरल्याण्ड-म जेनेभाका लागि दबाब दिइरहेको छु–वा अर्को देश ।”

“पछिल्लो पटक द्विपक्षीय वार्ता इस्तानबुलमा भएका थिए”, उनले मे र जुलाईमा टर्कीमा रुस र युक्रेनबीच भएको तीन चरणको तल्लो स्तरीय वार्तालाई स्मरण गर्दै भने । म्याक्रोनका अनुसार फ्रान्स र बेलायतले मङ्गलबार अन्य युक्रेनी सहयोगीहरूसँग वासिङ्टनमा बैठक गर्ने छन् । बैठकको उद्देश्य युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे अद्यावधिक रहनु हो । यो विषय ट्रम्पसँगको भेटघाटको मुख्य एजेन्डा हो ।

“त्यसपछि हामी अमेरिकीहरूसँग ठोस काम सुरु गर्ने छौँ । भोलिसम्म हाम्रा कूटनीतिक सल्लाहकारहरू, मन्त्रीहरू र कर्मचारी प्रमुखहरूले के गर्न तयार छन् भनेर काम सुरु गर्ने छन्”, म्याक्रोनले भने । जेलेन्स्कीले रुसलाई क्षेत्र छोड्न बाध्य पार्नेबारे उठेको प्रश्नमा म्याक्रोनले भने, “यो युक्रेनमा निर्भर छ । युक्रेनले आफूले उचित र सही ठानेमा सम्झौता गर्ने छ ।” तर उनले भने, “हामी कानूनी मान्यताको विषयमा धेरै सावधान हुनुपर्छ । यदि देशले ‘हामी बलपूर्वक क्षेत्र लिन सक्छौँ’ भन्न थाल्छन् भने त्यसले प्यान्डोराको बक्स खोलिदिन्छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: