Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सोमालिल्यान्डमा चितुवाका बच्चाको उद्धार

खबरडबली संवाददाता

नैरोबी । सोमालियाको विभाजित क्षेत्र सोमालिल्यान्डमा जन्मदेखि नै कैद गरिएका र अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार बजारमा बेच्ने योजना गरिएका चितुवाका १० वटा बच्चाको उद्धार गरिएको छ ।

बच्चाको हेरचाह गर्ने कम्पनी चितुवा संरक्षण कोष (सिसिएफ) की संस्थापक लौरी मार्करले बुधबार यी सबै कुपोषित भए पनि स्थिर अवस्थामा रहेको बताए । उनीहरू लामो समयसम्म कैदमा राखिएको कारण कुपोषित र अपाङ्ग जस्ता थिए । “एउटा आठ महिनाको बच्चा छ महिना बाँधिएको कारण हिँड्न सक्दैन थियो भने पाँच महिनाको बच्चा धेरै कुपोषित थियो, शरीरभरि घाउ थिए र छालामुनि बोटफ्लाई कीरा थियो”, “तर यस्ता बच्चाहरूलाई हामीले भोकमरीमा परेका मानिसहरू जस्तै रिफिडिङ सिन्ड्रोमको ख्याल राख्दै विस्तारै खानामा परिचित गराउनुपर्छ ।”

उत्तरी सालाह जिल्लामा अगस्ट १४ मा गरिएको कारबाहीमा बच्चा बोकेका दुई जनालाई पक्राउ गरिएको थियो । अधिकारीले जनतालाई सन्दिग्ध वन्यजन्तु व्यापार गतिविधि रिपोर्ट गर्न आग्रह गरेका छन् । वातावरण मन्त्रालयका निर्देशक अब्दिनसिर हुसेन सइदले पत्रकारलाई चितुवाका बच्चा यस्तै अपरेशनमा उद्धार गरिएका अन्य एक सय नौ वटाको समूहमा पनि सामेल रहेको बताए । सोमालिल्यान्ड अवैध वन्यजन्तु व्यापारको प्रमुख पारवहन केन्द्र हो ।

हर्न अफ अफ्रिकाबाट सयौँ चितुवा र अन्य प्रजातिहरू एडनको खाडी हुँदै खाडी देशहरूमा पठाइन्छन् । सोमालिल्यान्डमा वन्यजन्तुको स्वामित्व अवैध छ र प्रहरीले प्रायः सन्दिग्ध व्यापारीमाथि कारबाही गर्छ । हुसेनले भने, “हामी सोमालिल्यान्ण्डका मानिसलाई उनीहरूको प्राकृतिक बासस्थानमा वन्यजन्तुहरूको संरक्षण गर्न प्रोत्साहित गर्छौ । यी जनावरहरू हाल आमाबाट अलग भएका कारण पीडित छन्, जसले आमालाई तनावमा राख्छ र सम्भवतः उनीहरू मर्न सक्छन् । एक पटक फेरि, हामी बासस्थानमा वन्यजन्तु संरक्षणको महत्त्वलाई जोड दिन चाहन्छौँ ।”

हर्न अफ अफ्रिकाका संरक्षणवादीहरूले यसअघि खाडी देशहरूमा विदेशी घरपालुवा जनावरको माग बढेको र यस अवैध व्यापारले हर्न अफ अफ्रिकाका राष्ट्रमा इकोसिस्टममा असर पार्ने चिन्ता व्यक्त गरेका छन् । रासस/एपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: