Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

प्रतिबन्धको समय सीमा नजिकिँदै जाँदा इरानले आणविक कार्यक्रमबारे युरोपेली राष्ट्रसँग छलफल गर्ने

खबरडबली संवाददाता

दुबई । युरोपेली समय सीमा सकिन केही दिन मात्र बाँकी रहँदा इरानले शुक्रबार आफ्नो विदेशमन्त्री मार्फत तेहरानको आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घका प्रतिबन्ध टार्न फ्रान्स, जर्मनी र बेलायतका समकक्षीसँग टेलिफोन वार्ता गर्ने बताएको छ ।

सन् २०१५ को आणविक सम्झौतामा सामेल ती तीन युरोपेली राष्ट्रले ‘स्न्याप ब्याक’ भनिने संयन्त्र मार्फत प्रतिबन्ध पुनः लागू गर्ने धम्की दिएपछि इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार विदेशमन्त्री अब्बास अराघचीले यो वार्ताको तयारी गर्नु भएको हो । इरानले युरोपेली सङ्घ (इयु) का प्रमुख कूटनीतिज्ञ पनि यस वार्तामा सहभागी हुने बताएको छ ।

जुनमा भएको १२ दिने इरान-इजरायल युद्धअघि नै हतियार-स्तर नजिक युरेनियम संवर्धन गरिरहेको इरानको कार्यक्रमबारे युरोपेलीको चिन्ता बढ्दै गएको हो । युद्धका क्रममा यसको आणविक केन्द्रमा बम प्रहार भएको देखिएको थियो । त्यसपछि तेहरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सम्पूर्ण सहयोग रोकेपछि अन्तर्राष्ट्रिय समुदायलाई इरानको कार्यक्रमबारे झन् अस्पष्ट बनाएको छ ।

इरानसँग अहिले ६० प्रतिशत शुद्धतामा युरेनियम भण्डार रहेको छ । यो ९० प्रतिशतमा पुग्यो भने हतियार बनाउन सकिने प्राविधिक स्तर हो । इरानले भने लामो समयदेखि आफ्नो कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । तर त्यो स्तरमा युरेनियम संवर्धन गर्ने इरान मात्र गैर-परमाणु-शस्त्र राष्ट्र हो । अमेरिकालगायत आइएइए र अन्य निकायले इरानसँग सन् २००३ सम्म आणविक हतियार कार्यक्रम रहेको दाबी गरेका छन् ।

अगस्ट ८ मा तीन युरोपेली राष्ट्रले पत्र पठाई यदि तेहरानले आणविक मुद्दामा ‘सन्तोष जनक समाधान’ नल्याए उनीहरुले ‘स्न्याप ब्याक’ प्रक्रिया अघि बढाउने चेतावनी दिएका थिए । त्यसको समय सीमा अगस्ट ३१ हो र यो अब नौ दिन मात्र बाँकी छ । यसले इरानलाई वार्ता गरेर सहमति गर्न थोरै मात्र समय दिएको छ । यद्यपि यसका आणविक वार्ता वर्षौंदेखि निष्कर्षविहीन बनेका छन् । आइएइएको पहुँच पुनः स्थापना वार्ताको मुख्य विन्दु हो ।

इरानले इजरायलसँगको युद्धलाई आंशिकरूपमा आइएइएमाथि दोष लगाएको छ, तर कुनै प्रमाण भने प्रस्तुत गरेको छैन । आइएइएले नियमितरूपमा त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ र सन् २०१५ को सम्झौताले यसलाई अझ बढी अनुगमन गर्ने अधिकार दिएको थियो । तेहरानले अझै आफ्ना असन्तुष्टि प्रकट गर्दै आइएइएका महानिर्देशक राफेल मारियानो ग्रोसीलाई इरान आएमा पक्राउ गर्ने चेतावनी दिएको छ । 

यसले वार्तालाई झन् जटिल बनाएको छ । ग्रोसी संयुक्त राष्ट्रसङ्घको महासचिव बन्ने सम्भावित उम्मेदवार पनि भएकाले इरानले उहाँको खुलेर आलोचना गरिरहेको छ । आइआरएनएको रिपोर्टअनुसार, वार्ताको घोषणा गर्दा समयसीमा उल्लेख गरिएको थिएन । बरु, छलफलमा इरानका आफ्ना चिन्तालाई प्राथमिकता दिइने बताइएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उद्धृत गर्दै, इरानले भनेको छ, “अराघचीले ‘गैरकानूनी प्रतिबन्ध हटाउने’ र ‘इरानको शान्तिपूर्ण आणविक सुविधामाथि भएका आपराधिक आक्रमणको जवाफ दिन आवश्यक उपाय’ बारे छलफल गर्नु हुने छ ।”

आणविक सम्झौतामा रहेको ‘स्न्याप ब्याक’ अधिकार अक्टोबरमा समाप्त हुन्छ । त्यसैले युरोपेली राष्ट्रहरूले त्यो क्षमता गुमाउनु अघि इरानमाथि दबाब दिने प्रयास गरिरहेका छन् । ‘स्न्याप ब्याक’ प्रक्रिया अनुसार, सम्झौताका कुनै पनि पक्षले इरानलाई उल्लङ्घनमा पाएको खण्डमा तुरुन्तै प्रतिबन्ध पुनः लागू हुन्छन् । 

तर यो अधिकार समाप्त भएपछि कुनै पनि प्रतिबन्ध प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को सदस्य चीन वा रुसले भिटो गर्न सक्ने छन् । विगतमा इरानलाई केही समर्थन गरे पनि यी दुवै राष्ट्र हालको युद्धमा भने तटस्थ रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending