सप्तरी। सप्तरीको राजविराजस्थित रहेको कारागारमा तीन सय ९० जना कैदी बन्दीहरू रहेका छन् । एक सय २५ जना कैदी बन्दी अटाउने क्षमता भएको यस कारागारमा तीन गुणाभन्दा बढी कैदी बन्दीहरू रहेका छन् ।
कारागारमा कैद तोकिएका कैदी दुई सय ५१ रहेकोमा पाँच जना महिला रहेका छन् । कैद नतोकिएका बन्दी एक सय ३९ जना पूर्पक्षका लागि थुनामा रहेकामध्ये १३ जना महिला रहेको छन् । यस कारागारमा जम्मा १८ जना महिला रहेका छन् । कारागारमा रहेका महिलासँग पाँच वर्ष मुनीका तीन जना बालबालिका रहेका छन् । यश कारागारमा १५ जना भारतीयले पनि कैदी बन्दी जीवन बिताइ रहेका छन् ।
मुलुककै जेठो कारागारहरू मध्ये एक रहेको यश कारागारको भवनको अवस्था एकदमै दयनीय रहेको छ । कारागारको सुरक्षाको मेरूदण्ड बन्दी तर्फको पर्खाल पुरानो माटोको जीर्ण रहेकोले यो कारागार सुरक्षाको दृष्टिकोणले एकदमै जोखिम रहेको तत्काल मर्मत सम्भार गर्ने आवश्यकता रहेको कारागार प्रमुख गंगालाल योगिले जानकारी दिएको छन् ।
कैदी वन्दीहरूको सकारात्मक सोच र मांसिक स्वास्थका लागि ध्यान, मेरिटेसन र क्षमता अभिवृद्धिका लागि सीप मुलक तालिमहरू संचालन गर्नुपर्ने भए पनि कारागारको जग्गा स्थानीयले अतिक्रमण गरेर घर बनाएर बसेपछि ठाउँको अभावमा चाहँदा चाहँदै पनि गर्न नसकेको उनले बताए।
उनले भने, ‘‘आन्तरिक बाताबरण सहज भए पनि मुख्य सुरक्षाको पर्खाल जीर्ण भएकाले असुरक्षित महशुस भइरहेको छ । पर्खालबाटै हाम फालेर केहिदिन अघि एक जना कैदी यस कारागार बाट भागेको थियोे ।’’ सुरक्षित पर्खालका लागि सहयोग एकदमै आवश्यक रहेको उनले बताए।
कारागारमा भएको बालबालिकाका स्वास्थ्यमा ख्याल राखेर उनीहरूको लागि पौष्टिक आहार, पढनका लागि किताब तथा खेल्ने सामग्रीको व्यवस्था गर्न लगाएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: