म्याग्दी । म्याग्दीमा अरिंगाललको परिकार पाहुनाको रोजाइमा परेको छ। होटललाई अरिंगाललको माग धान्न र पुर्याउन हम्मे परेको छ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खायाममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिंगालल हुने गरेको बताए।
‘स्थानीय मात्र नभएर अरिंगाललको स्वाद लिन छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउन थालेका छन्,’ उनले भने, ‘स्वादिलो र तागतिलो हुने भएकाले अरिंगाललको उपभोग बढेको छ।’ थापाले सञ्चालन गरेको होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिंगालल बिक्री हुन्छ।
प्रतिप्लेट फ्राई अरिंगाललको मूल्य ६०० देखि ७५० रुपैयाँसम्म पर्छ। अग्ला रुखमा चढेर शिकारीले अरिंगाललको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन्। फ्राई गरेको अरिंगाललको लार्भा शक्तिवर्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ।
खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिंगाललको गोला बेच्न बेनीमा ल्याउँछन्। सिङ्गा, बरङ्जा, कुहुँको अरिंगालल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिंगालल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ।
गोलासहितको एक किलो अरिंगालल तीन हजारदेखि तीन हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको अरिंगालल शिकारी तमबहादुर पुनले बताए। अरिंगालल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्।
बेनी-६ जामुनाखर्कमा व्यवसायिक रूपमा अरिंगालल पालेका अशोक र गीता पाइजा शाहीले माग धान्न नसकेको बताए। गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेका छन्।
एक गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ। प्रत्येक दुई-दुई महिनामा लार्भा निकाल्न सकिन्छ। जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगाललका लार्भा कात्तिकसम्म व्यापार हुन्छ।
अरिंगालल पाल्नु र शिकार गर्नु सजिलो काम होइन। रुखको टुप्पा, भिरमा हुने अरिंगालल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ। अरिंगालल रिसाएर टोके ज्यानै जान पनि सक्छ। अरिंगालल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ। रातो र कालो जातका अरिंगालल हुन्छन्।
आगोले गोला पोलेर शिकार गर्दा अरिंगालल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते हुने वा ज्यान जाने जोखिम पनि उत्तिकै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: