Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

जेलमा रहेका पूर्व नेतालाई श्रीलङ्काका पूर्व राष्ट्रपतिहरूको समर्थन

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काका तीन पूर्वराष्ट्रपतिले आइतबार जेलमा रहेका पूर्व नेता रनिल विक्रमासिङ्घेसँग एकता प्रकट गरेका छन् । उनीहरूले विक्रमासिङ्घेको कारावासलाई लोकतन्त्रविरुद्धको ‘सुनियोजित आक्रमण’ भन्दै निन्दा गरेका छन् ।

सन् २०२२ जुलाईदेखि सन् २०२४ सेप्टेम्बरसम्म राष्ट्रपति रहेका विक्रमासिङ्घेविरुद्धका आरोपहरू निरर्थक भएको पूर्व राजनीतिक प्रतिद्वन्द्वीहरूले बताए ।

सन् २०२३ सेप्टेम्बरमा हवाना भएको जी–७७ शिखर सम्मेलन र न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घीय महासभापछि घर फर्कने क्रममा बेलायतमा रोकिएको बेला ५५ हजार डलर खर्च गरेको आरोप उनीमाथि लगाइएको छ ।

छयत्तर वर्षीय विक्रमासिङ्घेलाई हिरासतमा लिएको भोलिपल्ट शनिबार कोलम्बोको मुख्य सरकारी अस्पतालको सघन उपचार कक्षमा सारिएको थियो । चिकित्सकहरूका अनुसार उनी गम्भीर डिहाइड्रेसनका साथै तीव्र मधुमेह र उच्च रक्तचापबाट पीडित छन् ।

“हामीले देखिरहेको अवस्था हाम्रो लोकतान्त्रिक मूल्यप्रति गरिएको योजनाबद्ध आक्रमण हो”, पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुङ्गाले एक विज्ञप्तिमा भने । असी वर्षीया कुमारातुङ्गाले विक्रमसिङ्घेलाई जेलमा हाल्नु केवल एक व्यक्तिको भाग्यसँग सीमित नभई सम्पूर्ण नागरिक अधिकारमाथि प्रहार भएको बताए ।

“यस किसिमका प्रयासहरूको प्रतिरोध गर्नु सबै राजनीतिक नेताको कर्तव्य हो र म यस कार्यको विरोधमा पूर्ण हृदयले जोड दिन्छु”, उनले भने ।

कुमारातुङ्गाका उत्तराधिकारी ७९ वर्षीय महिन्दा राजापाक्षले पनि विक्रमसिङ्घेसँग ऐक्यबद्धता जनाए । उनले कुमारातुङ्गालाई सघन उपचार कक्षमा सारिनुअघि शनिबार जेलमै भेटेका थिए ।

विक्रमसिङ्घेलाई सन् २०१८ अक्टोबरमा प्रधानमन्त्री पदबाट बर्खास्त गरेका ७३ वर्षीय मैत्रिपाला सिरिसेनाले पनि उनलाई दिइएको जेल सजायलाई ‘डाइन शिकार’ का रूपमा चित्रण गरे ।

“हामीले देखिरहेको कुरा भनेको नयाँ सरकारका विरोधीहरूलाई चुप गराउने व्यवस्थित अभियान हो”, सिरिसेनाले भने, “उनीहरूले लोकतन्त्रलाई गाड्ने कफिनलाई पालिस लगाइरहेका छन् ।”

विक्रमासिङ्घेको आफ्नै युनाइटेड नेसनल पार्टी (युएनपी) ले पनि शनिबार विज्ञप्ति जारी गर्दै उनी पुनरागमन हुनसक्ने डरले मुद्दा लगाइएको विश्वास व्यक्त गरेको छ ।

गत सेप्टेम्बरमा उनले अनुरा कुमार दिसानायकेसँग राष्ट्रपति चुनाव हारेका थिए । कुनै निर्वाचित पद नभए पनि उनी अझै राजनीतिक रूपमा सक्रिय छन् ।

सन् २०२२ मा देशले सामना गरेको सबैभन्दा खराब आर्थिक मन्दीबाट निस्केपछि भएको भ्रष्टाचारविरुद्धको अभियानकै क्रममा दिसानायकेले उनलाई पक्राउ गराएको बताइएको छ ।

विक्रमासिङ्घेले भने आफ्नी पत्नीको बेलायत भ्रमण खर्च व्यक्तिगत रूपमा व्यहोरेको र राज्य कोष प्रयोग नगरेको दाबी गरेका छन् ।

सन् २०२२ जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले आर्थिक सङ्कटका कारण महिनौँ लामो सडक प्रदर्शनपछि पदत्याग गरेपछि विक्रमासिङ्घे राष्ट्रपति बनेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending