Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

तिजमा पशुपतिनाथका चारै ढोकाबाट दर्शन गर्न पाइने

खबरडबली संवाददाता

काठमाडौं । हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिरका भक्तजनका लागि चारैवटा ढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलनमार्फत दर्शन व्यवस्था, सुरक्षात्मक उपाय र अन्य प्रबन्धबारे जानकारी दिएको हो ।

कोषका अनुसार भक्तजनले गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरेर पश्चिम मूलढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । यसमार्गका भक्तजनले कैलाश दक्षिणस्थित जुत्ता–चप्पल कक्षबाट आफ्ना सामान लिन सक्नेछन् ।

त्यस्तै, मित्रपार्क–जयबागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । सो मार्ग प्रयोग गर्ने भक्तजनका लागि शंकराचार्य मठ दक्षिणतर्फ जुत्ता–चप्पल कक्ष तोकिएको छ ।

पिङलास्थान–चारशिवालय पञ्चदेवल–बज्रघर हुँदै दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट प्रवेश गराई दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । यस मार्ग प्रयोग गर्ने भक्तजनका लागि पञ्चदेवल पूर्व अस्थायी रूपमा जुत्ता–चप्पल कक्ष बनाइएको छ ।

यस्तै, तिलगंगा–राम मन्दिर हुँदै बागमती पूर्व किनार पार गरेर आर्यघाट नजिकको पुलबाट प्रवेश गर्ने भक्तजनलाई श्री पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट भित्रिने र त्यहीँबाट बाहिरिने व्यवस्था मिलाइएको छ । यसका लागि आर्यघाट नजिकै अस्थायी जुत्ता–चप्पल कक्ष बनाइएको कोषले जनाएको छ ।

कोषका अनुसार दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइन खुला हुनेछ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार नेपाली सेनासमेत खटाइनेछन् । साथै, सादा पोसाकका सुरक्षाकर्मीहरू पनि परिचालन गरिने कोषले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: