Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बङ्गलादेशमा रहेका रोहिङ्ग्याको भविष्य अझै अनिश्चित

खबरडबली संवाददाता

ढाका । म्यान्माको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् । त्यो रात मुसलधारे वर्षामा उनी आमाबाबु र चार दाजुभाइसँग नाफ नदी पार गर्दै बङ्गलादेश प्रवेश गरेका थिए । 

आज २८ वर्षीय कैसर बालुखाली शिविरको साँघुरो झुपडीमा बस्छन् । “घर फर्कन सम्भव छैन, युद्ध जारी छ । यहाँ हरेक दिन नयाँ शरणार्थी आउँछन्”, उनले भने । 

बङ्गलादेशले संयुक्त राष्ट्रसङ्घसँग मिलेर रोहिङ्ग्या समस्यामा वार्ता थालेको छ । सेप्टेम्बर ३० मा न्युयोर्कमा हुने सम्मेलनअघि कोक्स बजारमा छलफल भइरहेको छ संयुक्त राष्ट्रसङ्घका अधिकारी निकोलस कौमजियानले भने, “रोहिङ्ग्या फर्कन चाहन्छन्, तर सुरक्षित भए मात्र सम्भव हुन्छ ।” र राखाइन अहिले गृहयुद्धको केन्द्र बनेको छ । सन् २०२४ यता मात्र थप एक लाख ५० हजार रोहिङ्ग्या बङ्गलादेश पुगेका छन् ।

शिविरको अवस्था

कैसरले म्यान्मामा किराना पसल चलाउँथे, तर अहिले शिविरमा अस्तित्वका लागि सङ्घर्ष छ । गुटगत झडप, कमजोर सुरक्षा र हिंसाले बसाइ असुरक्षित बनाएको छ । “हामी बन्धकझैँ छौँ, बालबालिका सबैभन्दा बढी जोखिममा छन्”, उनले भने । अमेरिकी सहयोग कटौतीपछि खाद्यान्न सङ्कट चर्किएको छ । 

विश्व खाद्य कार्यक्रमका अनुसार राखाइनका आधाभन्दा बढी परिवारलाई आधारभूत खाना पुग्दैन । शिविरमा हरेक व्यक्तिले मासिक करिब १२ डलर बराबरको राशन पाउँछन्-१३ किलो चामल, एक लिटर तेल, थोरै प्याज, लसुन र नुन । कैसर भन्छन्, “यसले पेट त भरिन्छ तर पोषण हुँदैन । मेरो तीन वर्षको छोरोलाई दूध वा दाल दिन सक्दिनँ ।”

शिक्षा अर्को चुनौती बनेको छ । “के मेरो छोरो पढेर जागिर पाउनेछ, वा जीवनभर शरणार्थी नै रहनेछ ?”, कैसर चिन्तित छन् । प्रारम्भमा गाउँलेहरूले मद्दत गरे पनि दीर्घकालीन भविष्य अन्धकारमय देखिन्छ । यसैबिच, म्यान्मा जुन्तासँग नजिक रहेका केही समूहले रोहिङ्ग्याहरूलाई भर्ती गर्न खोजिरहेका छन् । “हरेक पक्षले हामीलाई प्यादाका रूपमा प्रयोग गर्छ”, कैसरको पीडा छ । उनको सरल अपिल छ, “बङ्गलादेशले रोहिङ्ग्या बालबालिकालाई स्थानीय विद्यालयमा पढ्न दिनुपर्छ । कम्तीमा उनीहरूको भविष्य हाम्रो जस्तो निराशाजनक नहोस् ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: