Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

बाबुरामलाई जनयुद्धको पत्र

\"Shailendra_Ghimire\"कण, रातभरी सुतेको छैन ।  टाउको एक्कासी हिउँको घनले ठोक्किए जस्तो भएको छ । सायद तपाईलाई पनि यो रात सुत्न कठिन भए होला । राम्रोसंग चिनापचीर् तपाईसंग २०६० सालमै भएको हो, तर म तपाईलाई २०५० देखि नै चिन्थे । सम्झनु हुन्छ, भने वागबजारको भित्तो काण्डपछि, तपाईको सिंहदरबार घेराउ बिथोल्न लाठो लिएर जाने एक बिधार्थी म पनि हुँ । तर, तपाई प्रतिको मेरो आशक्ति अलि पुरानै हो । म पाटन क्याम्पस पढ्थे, तपाईंको जनमोर्चाको अफिस पनि पाटन ढोकामै थियो । कहिलेकाँही पाटन ढोकाका चियापसलमा तपाईलाई भेट्दा ,तपाईको व्यक्तित्व र बाैद्धिकताले मलाई थप  आर्कषण गर्दथ्यो । २०५७ मा माओवादी हुदैं गर्दा तपाईको नाम बाहेक मेरो आमालाई सम्झाउने अर्थोक थिएन । त्यही नफुलेको झुस्स दारी पालेर पाटन ढोकामा बेन्चमाथि उभिएर हेन्ड माईकमा भाषण गरेको बाबुरामको बिम्बले म युद्धमा हेलिए । केहि नढाटी भन्छु, २०६० सालसम्म म विद्यार्थी आन्दोलनमा थिए २०६० को त्रिविकाे अडिटोरियम हलमा तपाईको प्रमुख अतिथ्यमा कार्यक्रम संचालन गर्न पाउदा म दुनियाँको सर्वोत्तम मान्छे ठाँन्दथे । मलाई त्यही मूल्य सायद महंगो भो । ०६० मा मेरो कार्यक्षेत्रबाट तीनसय विद्यार्थी पूर्णकालीन बने । तपाईको बौदिकतालाई उदारण दिदैं जीवनको उज्यालो खोज्न तपाईको भावमा पूर्णकालीन बनेका लगभग १७ जना विद्यार्थी साथीहरु शहिद भए । आफू मरिएन, बेपत्ता भईएन र जेल परिएन । ठीक भनुँ की बेठिक भनुँ म युद्धप्रेमी भए र तपाइले फिट गरेको युद्ध पूर्जाका रुपमा आफूलाई फिट गर्ने कोशिष गरे । २०६२ मा मैले तपाईको कारवाही पछि केही कुरामा तात्कालीन कास्की जिल्ला इन्चाज क. यशाेदासँग बहस गरेको थिएँ । मेरो तर्क थियो विद्धानले विवेक गुमाउदैनन् र गाडिएको मियो दाई नसकी ढल्दैन । कण, एमाओबादीमा तपाईले खाएको् गोता म संझिन सक्छु तर ती तपाईका इमान्दार विरामका परिणामहरु हुन । तपाई भावनामा ब्रेक लाउनु हुन्न, कट्टरतामा लचकता अपनाउनु हुन्न । थाङनो सिलाउँने सियो त निउरिन्छ भन्छन् तर कहि कतै तपाईभित्रको बौदिक नैतिकताले तपाईलाई हल्लिन दिन्न । अनि मेसो मिल्दैन , कितावको गणित समाजमा फिट नखाएपछि तपाईलाई समाजप्रतिको अरुची उत्पन्न हुने कुरा स्वभाविक हो कतिपय आन्तरिक प्रशिक्षणमा तपाईले तपाईको बारेमा भनेको कुरा सहि हुन । तपाइ साधु हुनपर्ने मान्छे , साधु मनोदशाले कहिन कहि तपाईलाइ माक्सबादबाट अलग्याएनु पर्दथ्यो ,अलग्यायो ,यत्ति हो । घरमा मानिस मर्ने कि बाच्नेको दोसाँधमा रहदाँ गोठमा भैसि व्यायो निसन्देह यसमा कुनै उर्भरता छैन र जिवन्तता पनि ।
दिल्लीले सिल्लि बनाउने कुरा वाम भाषाको चल्तीमा छ । म भन्दिन नेहरु विश्वविद्यलयमा पढेकै कारण कसैलाई दिल्लीसंग जोड्नुपर्छ । भन्छन नी चितुवा आएको बेला बाख्रो फुके गोली बाख्रोलाई लाग्छ । तपाई चितुवा नभएपनि दिल्लीको गोली तपाईलाई लागेको छ
  एमाओवादीवाट अलग हुने कुरा तपाईको नैर्सगिक हक हो । तर असंख्य जिवनहरुलाई माओवादीको टाटनामा वाँधेर , तिनको दिमागमा बर्गसंर्घष भन्ने सहनै नसकिने आगो सल्काएर , सोही उन्मादमा ज्यान गुमाएका  असंख्य रित्ता काखका आँसुलाई पहेलो बस्त्रले बेरेर, भत्किएको घर ढल्यो भन्दै भाग्नु ईमान्दारिता हो वा जालसाजी ? भत्केको घरमा फर्किन नमिल्ने कुरा प्रति मेरो कुनै टिप्पणी छैन । तर ३० बर्ष सांगोपागो एउटै बाटोको मेसोमा हिडेको सहयात्री तपाईको अनुस्थिपतीमा के होला मेरो सहज अनुभव अनुमान छ । तपाईले माइकमा धुप हालेर लोकले देख्ने गरि बिच समुन्द्रमा छाडेको प्रचण्ड हेग जाओस भन्ने अकांक्षलाई म सलाम गर्न सक्तिन । निर्विवाद एमाओवादी कमजोर हुनु भनेको प्रचण्ड हेग जानु हो । तपाईको एमाओवादी संगको सम्वनध बिच्छेद यस्को इतिहास कर्म र परिणाम  संगको पनि सम्वन्ध बिच्छेद हो । यदि संविधानसभा तपाईको नारा थियो भने म तपाईको नाराका आधारमा र्बबादिको सम्मुख उभिएको मान्छे , म मेरो जिवन माग्छु, म चौध हजारको सपना माग्छु र ति असंख्य पिडाको मुल्य माग्छु । म ठान्दछु, भ्रम नै सहि एमाओवादी आजपनि देशकै लागी भनेर बर्बाद भएका कयौं ईमान्दारहरुको चौपारी हो । उपलव्धी नहुने नै सहि धक फुकाएर रुन मिल्ने यो चौपारीको एक वर आधि खोला संग पोइला जाने रहरले हकानिन्छ भने कण म के गरु ?म अन्त गएर रुन सक्तिन र अरुको ओक्ष्यान हुन पनि सक्तिन । दिल्लीले सिल्लि बनाउने कुरा वाम भाषाको चल्तीमा छ । म भन्दिन नेहरु विश्वविद्यलयमा पढेकै कारण कसैलाई दिल्लीसंग जोड्नुपर्छ । भन्छन नी चितुवा आएको बेला बाख्रो फुके गोली बाख्रोलाई लाग्छ । तपाई चितुवा नभएपनि दिल्लीको गोली तपाईलाई लागेको छ । म तपाईभन्दा बेसी मधेश पक्षधर हुँ । थारुवान तपाईलाई भन्दा मलाई दुख्छ, तपाईले तर्क बजारे पुग्छ तर मैले मुड्की बजार्नु पर्छ, तपाईको तर्क हार्छ तर म जीवन हार्छु । आज पनि भन्छु मधेश आन्दोलन ठीक छ । मधेशले उठाएको यो सिंहदरबारका विरुद्धको  तरवार जतिबेला सम्म हाम्रा भाईहरुसंग थियो त्यो ठीक थियो, अहिले त्यो वैरीसंग पुग्यो मेरो ठम्याई  यत्ति हो । युद्धका बेला तपाई नै भन्नुहुन्थो हाम्रो हातको हतियार सुरक्षा हुन्छ दुस्मनको हातको हतियार आतंक हुन्छ । मलाई भारतीय दबाब सहितको मेलोमा तपाई उभिएको स्थान मन परेन । कण ,के यसलाई मिलाउन मिल्दैनथ्यो । सायद मिल्दथ्यो तर बौद्धिक अधैर्यताले पनि  कहिलेकाही बिच्काउदो रहेछ । आजभोली संविधान र यस वरपरका सन्दर्भसंग जोडेर कांग्रेस एमालेको गाली तपाईलाई सरेकोमा मेरो खेद छ । तपाईले भनेकै सही बाली एउटाले लाउछ, अर्कैले थन्क्याउछ । योसंगै सत्य के हो भने जो थन्क्याउछ उ बाँच्छ , जो सक्दैन उ सकिन्छ । अरुका आँखामा सकिए पनि हाम्रो आँखामा बाबुराम सकिंदैन, तपार्ईको झोला बोकेको काँधले तपाईको कुभलो चिताउदैन । कुनै विद्युतीय आवाजमा रमाउने पात्रले तपाईको बिडों थाम्दैन । तपाई आज पनि उही बाबुराम हो र हुनुपर्दछ । त्यो बाबुराम, जो अगाडि हिड्छ, पटकपटक लड्छ तर, फेरी बाटोमै उभिन्छ दृढतापूर्वक बहस गर्छ । बहस के–के छन् र केमा गर्नुपर्दछ, पुरानो तपाईको भाषाको भत्किएको घरको भग्नावशेषमैं गरौं । आज हामी बाबुरामलाई नचाहिएको भएपनि हामीलाई बाबुराम चाहिन्छ । यो भग्नावशेषका सम्पूर्ण कण–कणले भन्छ, यही चौकिल्ला भित्र रहेर म फेरी दरबार बनेर उभिन सक्छु । कण माफ गर्नु होला बहकिए, चुत्थो बेशी नै चकचकिए, कहि न कहि विचारमा अलिकति बाबुराम संगतका यी १५ वर्षमा म भित्र पनि हावी होला । कण ! बाबुराम यी बाबुरामहरुको अपेक्षा नमार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy