Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नाकाबन्दीले पाँच हजार भन्दा बढी गाडी भारतीय भूमिमा अलपत्र

\"truck\"लुम्बिनी । नेपालको जारी संविधानप्रति असन्तोष पोख्दै आएको भारतले पछिल्लो समय नेपाल–भारत सीमा नाका बेलहिया ठप्प पारेको छ । जसका कारण भारतका विभिन्न स्थानबाट माल लिएका ट्रकहरु भारतीय बजमर सुनौली ३० किलोमिटर टाढासम्म लामबद्ध भएका छन् । भारतीय भन्सारले सामान लिएर नेपाल आउन लागेका ट्रकमा समयमै सामान जाँचपास नगरिदिँदा भारतमा अलपत्र परेका हुन् । भारतीय पक्षले सुरक्षाका नाममा घन्टौँसम्म एउटै गाडीमाथि गरिएको चेकजाँचले सीमा नाका सुनौलीमा अघोषित रुपमा नाकाबन्दीको आभाष गराएको नेपाली भन्सार अधिकारीहरुले जनाएका छन् । भारतबाट नेपाल भित्रने मालबाहक ट्रक नेपाल प्रवेश गर्न नपाउँदा राज्यलाई अहिलेसम्म अर्बौं रुपैया नोक्सानी परेको छ भने समग्र क्षेत्र तहसनहस भएको बेलहियास्थित भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकालले जानकारी दिए । भारतीय सुरक्षाकर्मीहरूले सुनौली नाका हुँदै रुपन्देहीको बेलहिया भएर नेपाल प्रवेश गर्ने फलफूल, तरकारी र मार्बलका गाडीबाहेक अन्य अत्यावश्यक सामानसहितका मालबाहक गाडी नेपाल आउन दिएका छैनन् । भारतीय पक्षले तीन दिनअगाडि बेलहिया भन्सार कार्यालयमा आएर भन्सार काटिएका पेट्रोलिएम पदार्थ लिएर बेलहियास्थित भन्सार कार्यालयको गेट अगाडि आएका गाडीसमेत फिर्ता लगेर गएको भन्सार प्रमुख ढकालले जानकारी दिए । बेलहिया नाकामा आएका पेट्रोलियम पदार्थ, ग्यास र खाद्यान्न नेपाल जान नदिने भन्दै सीमा सुरक्षा बल एसएसबीले भारततर्फ फर्काएको उनले जानकारी दिए । भारतको बैतालपुरबाट ग्यास र पेट्रोलियम पदार्थ बोकेका नेपाल आयल निगमका ९४ वटा ट्याङ्करसमेत नेपाल प्रवेशमा रोक लगाइएपछि अलपत्र अवस्थामा रहेको उनले बताए । दैनिक करिब ३५० देखि ४०० मालबाहक गाडी आउने सुनौली नाकाबाट अहिलेसम्म १५÷२० वटा गाडी मात्र नेपाल प्रवेश गरेका छन् । जसमा चारवटा खाली थिए भने दुईवटा मार्बल, दुईवटा टायल, पाँचवटा फलफूल र केही तरकारीका गाडी रहेको प्रमुख ढकालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending