Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

भारतको नयाँ अध्यागमन नीति- नेपाली पनि प्रभावित हुन्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । भारत सरकारले २ सेप्टेम्बरदेखि लागू गरेको नयाँ अध्यागमन (इमिग्रेसन) नीतिमा नेपाल र भुटानका नागरिकलाई पूर्ण छुट दिएको छ। अब यी दुई देशका नागरिकले भारत प्रवेश गर्दा पासपोर्ट वा भिसाको आवश्यकता नपर्नेछ।

यसका साथै पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानका हिन्दू, बौद्ध, जैन तथा सिख समुदायका धार्मिक अल्पसंख्यकलाई पनि विशेष छुट दिइएको छ।

नयाँ व्यवस्थाअनुसार भारतीय सेनाका सदस्यहरू, जब सरकारी कामका लागि विदेश जान्छन् वा फर्कन्छन्, उनीहरू तथा उनीहरूको परिवारले पासपोर्ट वा भिसा लिनुपर्ने छैन।

भारत प्रवेशको सन्दर्भमा भारतीय नागरिकले नेपाल वा भुटानमार्फत भूमि वा हवाई मार्ग प्रयोग गर्दा पनि पासपोर्ट वा भिसा अनिवार्य हुने छैन। तर चीन, मकाउ, हङकङ वा पाकिस्तान हुँदै भारत प्रवेश गर्ने नेपाली वा भुटानी नागरिकलाई भने पासपोर्ट चाहिनेछ।

त्यस्तै, २०१५ जनवरी ९ भन्दा पहिले भारतमा आश्रय लिएका तथा दर्ता भएका श्रीलङ्काली तमिल शरणार्थीहरूलाई पनि छुट दिइएको छ। 

कूटनीतिक वा सरकारी राहदानी (पासपोर्ट) भएका व्यक्ति, भिसा-अन-अराइभल सुविधा पाउने देशका नागरिकहरू तथा भारत भ्रमणमा आएका विदेशी सैन्य जहाजका कर्मचारीहरू पनि भिसाको औपचारिकताबाट मुक्त हुनेछन्।

यातायातका साधन (जस्तै: बस, रेल, जहाज) सम्बन्धी प्रावधानमा पनि परिमार्जन गरिएको छ। 

अब यात्राका क्रममा यदि कुनै व्यक्तिले नकली कागजात प्रयोग गरेको प्रमाण विशेषज्ञ परीक्षणबिना थाहा पाउन नसकिने खालको भएमा, स्टोअवे (लुकिछिपी चढ्ने) यात्रु पाइएमा, वा जहाज डाइभर्ट भएर आएको अवस्थामा तिनको जिम्मेवारी यातायात प्रदायक (वाहक) लाई नहुने व्यवस्था गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending