Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध पत्रकार महासंघका पूर्वअध्यक्ष र पदाधिकारीहरूको आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारद्वारा फेसबुक, एक्स (पूर्व ट्विटर), युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्यमा आघात पुग्ने कदम भन्दै कडा आपत्ति जनाएका छन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले दर्ता नभएको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु संविधान प्रदत्त मौलिक अधिकार र अन्तर्राष्ट्रिय लोकतान्त्रिक मान्यताविपरीत भएको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो। नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हक सुनिश्चित गरेको छ। यस्ता अधिकारलाई कुण्ठित गर्ने सरकारको कदम किमार्थ स्वीकार्य हुन सक्दैन।”

पूर्वअध्यक्ष तारानाथ दाहाल, गोविन्द आचार्य, पूर्वकार्यवाहक अध्यक्ष रमेश विष्टलगायत २२ जना पूर्वपदाधिकारीहरूको हस्ताक्षरसहितको विज्ञप्तिमा सामाजिक सञ्जाल बन्दले विदेशमा रहेका लाखौं नेपाली र स्वदेशमा रहेका परिवारबीचको सम्पर्क विच्छेद गर्ने, बालबालिकाको सिकाइमा नकारात्मक असर पार्ने र हजारौं व्यक्तिको रोजगारी गुमाउने चेतावनी दिइएको छ।

सामाजिक सञ्जाल प्रयोगमा देखिएका समस्याहरूलाई समाधान गर्न संसदमार्फत कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै पूर्णरूपमा बन्द गर्नु “कठोर र अलोकतान्त्रिक” कदम भएको उनीहरूको निष्कर्ष छ।

त्यसैगरी, विज्ञप्तिमा सरकारलाई तत्काल प्रतिबन्ध हटाउन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन समाधान खोज्न आग्रह गरिएको छ।

सरकारलाई दबाव दिन पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले यही भदौ २२ गते आइतवार दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शन आयोजना गर्ने घोषणा पनि गरेका छन्।

विज्ञप्ति हस्ताक्षर गर्नेहरूमा पूर्वअध्यक्ष, उपाध्यक्ष, महासचिवदेखि लिएर केन्द्रीय सदस्यसम्मका पदाधिकारीहरू रहेका छन्।

No description available.

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending