काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार बिहान सार्वजनिक सन्देशमार्फत आफू पदीय जिम्मेवारीमा रहिरहनु नैतिक रूपमा असम्भव भएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।
धादिङ–२ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद समेत रहेका अधिकारीले २०८१ असार ३१ गते मन्त्री परिषद्मा प्रवेश गरेका थिए । करिब एक वर्षकै कार्यकालमा पद त्याग्दै उनले सरकारको कदमलाई लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाए ।
अधिकारीले राजीनामा पत्रमार्फत हालै जेन–जी आन्दोलनमा भएको सरकारी दमनप्रति गहिरो आपत्ति जनाएका छन् । उनले लेखेका छन्, “हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध खबरदारी गरेका हुन् । तर नागरिकको नैसर्गिक अधिकारमाथि दमन र हत्या भएको देख्दा सरकारमा बसिरहन मेरो नैतिकता सह्य भएन ।”
उनले साना बालबालिकासहित युवापुस्तामाथि दमन, गोली प्रहार र हत्या भएको घटनालाई लोकतन्त्रविरोधी भन्दै सरकारप्रति असहमति प्रकट गरे । अधिकारीले थप लेखेका छन्, “देशलाई नै शोकाकुल बनाउने बल प्रयोगपश्चात पदमा टाँसिइरहन अपराधबोध भयो । सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै मन्त्री पदबाट राजीनामा पेश गर्दछु ।”
राजीनामा घोषणापछि कांग्रेस भित्र पनि आन्दोलनप्रति सरकारको भूमिकामाथि थप प्रश्न उठ्ने देखिएको छ । अहिले सम्म प्रधानमन्त्री र सत्तारूढ दलको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: