Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

आठ वर्ष देखी साङलोमा बाँधिएर बस्न बाध्य डम्बरकुमारीको पिडा

\"chain\"झापा । झापाको गरामनी– ४ निवासी २५ वर्षीया  डम्बरकुमारी पाण्डेलाई आठ वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । नेपाल प्रहरीको जागिर खाएर अपराधमा संलग्नलाई हत्कडी लगाउने सपना बोकेकी उनी अहिले आफ्नै घरमा विगत आठ वर्षदेखि फलामे साङ्लोले बाँधिएर पशुसरह जीवन बिताउन बाध्य छिन् । भद्रपुरस्थित वीरेन्द्र नमुना उच्च माविमा कक्षा ८ मा अध्ययनरत भएकै बेला उनी प्रहरी बन्ने सपना बोकेर साथीहरुसँग नवलपरासी गएकी थिइन् । त्यहाँ उनी रनिङ गर्ने क्रममा चिप्लिएर लडेपछि उनको सपना चकनाचुर मात्र भएन त्यसकै कारण डम्बरकुमारी अहिलेसम्म पनि साङ्लोमा बाँधिएर नारकीय जीवन बिताउन बाध्य छिन् । लडेपछि उनी सोही समयदेखि बिरामी परेको उनको परिवारले बताएको छ ।  सुरुमा मानसिक सन्तुलन नगुमेकी उनको विस्तारै मानसिक सन्तुलन गुमेसँगै यो अवस्थामा आएकी हुन् । बुबाको निधनपश्चात ७४ वर्षीय  वृद्धा आमा हरिमाया, दाजु कमल र भाउजु मैना पाण्डेले विगत आठ वर्षदेखि उनलाई फलामे साङ्गोले घरको एउटा कोठामा बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ । एउटा खुट्टामा फलामे चेनले बाँधिएकी डम्बरकुमारीलाई उनका आमा र भाउजुले अहिले हेरचाह गरिरहेका छन् । महिला प्रहरीमा जागिर खाने रहर बोकेकी मेरी छोरी साथीहरुसँग त्यही खेलकुद गर्ने क्रममा लडेकी थिइन र लड्दा उसको टाउकोमा चोट लागेपछि नवलपरासीबाट घर ल्याएका थिर्यौ  उनकी आमा हरिमायाले भनिन । छोरीको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि झापाका विभिन्न धामीझाँक्रीलाई देखायौँ तर पनि डम्बरकुमारी सञ्चो नभएपछि उपचारका लागि काठमाडौँ लगियो आमाले विगत सम्झँदै भनिन –‘काठमाडौं लगेर मानसिक रोग विशेषज्ञलाई देखायौं  तर पनि उसको शारीरिक अवस्था ठीक भएन । डम्बरकुमारीकी भाउजु मैनाले नन्दको उपचारका लागि जग्गा जमिन बेचेर चार लाख खर्च गरेर उपचार गराए पनि रोग निको नभएको र थप उपचारका लागि रकम नहुँदा समस्या भएको बताइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending