Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको सजाय

खबरडबली संवाददाता

काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय भएको छ । 

ब्राजिलको सर्वोच्च अदालतमा बोल्सोनारो विरुद्ध पाँच फरक-फरक आरोपमा २७ बर्ष तीन महिनाको सजाय सुनाएको हो । पाँच न्यायाधीशहरूको प्यानलमध्ये चार जनाले उनलाई पाँच मुद्दामा दोषी ठहर गरेका छन् । प्यानलले बोल्सोनारोलाई विद्रोहको षड्यन्त्र रचेको आरोपमा दोषी ठहर गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै राम्रो सम्बन्ध रहेका बोल्सोनारोको योसँगै राजनीतिक भविष्य पनि सकिएको विश्लेषण गरिएको छ । 

यो पहिलो पटक होइन जब जैर बोल्सोनारोलाई शासन र अधिकारीहरूको विरुद्धमा गएको आरोप लगाइएको छ । यसअघि आफ्नो सैन्य करियरको क्रममा, बोल्सोनारोलाई १९८६ मा सेनामा कम तलबको मुद्दा उठाउन एक समाचार पत्रिकालाई अन्तर्वार्ता दिएको आरोप लगाइएको थियो, जुन सैन्य नियमहरू विरुद्ध थियो । यद्यपि, उनको कदमको त्यतिबेला प्रशंसा गरिएको थियो ।

१९८७ मा, बोल्सोनारो अर्को मुद्दामा फसेका थिए । १९८६ मा बोल्सोनारोको अन्तर्वार्ता लिने पत्रिकाले जैरले आफ्ना साथीहरूसँग मिलेर रियो दि जेनेरियोमा सैन्य एकाइहरूमा बम राख्ने षड्यन्त्र गरेको खुलासा गरेको थियो । पत्रिकाले स्केच र षड्यन्त्रको बारेमा जानकारी पनि प्रकाशित गर्‍यो र सबै स्केचहरू बोल्सोनारो आफैंले बनाएको दाबी गरिएको थियो । २०१८ मा, सैन्य अधिकारीहरूले यस मुद्दामा सर्वसम्मतिले उनलाई दोषी पाए । यद्यपि, सर्वोच्च सैन्य अदालतका अनुसन्धान अधिकारीले उनलाई निर्दोष ठहराउन जोड दिए । अन्ततः अदालतले उनलाई निर्दोष मुक्त गर्यो । यो निर्णय पछि, बोल्सोनारो १९८९ मा ब्राजिलको राजनीतिमा प्रवेश गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनलाई पहिलो परीक्षा ठहर गर्दै गगन नेतृत्वको कांग्रेस : घोषणापत्रदेखि हस्ताक्षरसम्म ठूला निर्णय

काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...

गगन नेतृत्वको कांग्रेसले आधिकारिकताको दाबी लिएर आयोगको ढोका ढक्ढक्यायो

काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...

जनार्दन खुसुक्क पुगे गुण्डु, ओलीसँग भएकाे गुप्त भेटमा चुनावी तालमेलको प्रस्ताव

भक्तपुर ।  माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्य...

गठबन्धन अस्वीकार गर्दै ‘माटो’ चिन्हसहित चुनावी मैदानमा श्रम संस्कृति पार्टी

विराटनगर । स्थानीय तहबाट उदाएका हर्क साम्पाङ अब केन्द्रको राजनीतिमा सिधा हस्तक्षेप गर्ने तयारीमा छन् । उनले नेतृत्व गरिरहेको श्रम संस्कृति पार्टीले आग...

चन्द्रमामा बन्ने भयो होटल, एक रात बस्दा लाग्छ कति खर्च ?

काठमाडौं । तपाइँले अहिलेसम्म चन्द्रमामा जानेबारे गीत वा कथा सुन्नुभएको होला। तर, अब चाँडै नै तपाइँ चन्द्रमामा बनेको होटलमा बस्न सक्नुहुनेछ। यो काल्पनि...

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

सुनसरी  । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको  को१ख ४५४१ नम्बरको ट्र...

प्रदेश प्रहरीलाई ३० थान मोटरसाइकल हस्तान्तरण

हेटौँडा  । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ...

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

झापा । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्...

घट्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम  भएको हो । ...

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending