गुरुङले भनेका छन् कि संविधानको धारा ७६(५) अनुसार मात्र सरकारले सदनमा विश्वासको मत हार्दा र त्यसपछि धारा ७६(७) को व्यवस्था लागु गर्नुपर्ने व्यवस्था रहेको हुँदा, विघटन सहज रूपमा गर्न नहुने उनको तर्क छ। उनले थपे, वर्तमान प्रतिनिधि सभाबाट अहिलेसम्म धारा ७६(२) बाहेकका उपधाराहरूको अभ्यास गरिएको छैन।
गुरुङले भने “विगतमा सर्वोच्च अदालतले दिएका आदेशहरुले स्पष्ट गरेकै छन् कि प्रतिनिधि सभाबाट विकल्प सरकार दिने अवस्था रहँदा संसद् विघटन गर्न नहुने नजीरहरू स्थापित भएका छन्। यस्तो सन्दर्भमा धारा ७६ को उपधाराहरू—३, ४, ५, ६, ७ बिनै गरि जेगरीका रूपमा प्रतिनिधि सभा विघटन गरिएको निर्णय प्रथम दृष्टिमा संवैधानिक/विधिसम्मत देखिँदैन। अतः उक्त निर्णय बदरयोग्य देखिन्छ।”
उनले व्याख्या गरेका छन् कि धारा ७६(२) अनुसारको सरकारले राजीनामा दिएपछि राष्ट्रपति तथा प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउनुपर्ने प्रक्रियाका चरणहरू पूरा हुनुपर्ने भए पनि त्यो प्रक्रिया पालना नहुँदा संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्ति गरिएको देखिनाले संवैधानिक व्यवस्थालाई उल्लङ्घन गरिएको तर्क गरे। गुरुङले राष्ट्रपतिका अधिकार (धारा ६६) लाई आधार बनाएर सरकार गठन गरिएको दावीलाई पनि अनुचित ठहर्याए।
गुरुङले चेतावनी दिएका छन् “जेन्जी समूहसँग गरिएका कुनै समझदारी वा सहमति भएमा त्यसको वैधता सुनिश्चित गर्न संवैधानिक प्रक्रिया भित्रै समावेश गर्नुपर्नेछ। नत्र ती सहमतिहरू केवल नीतिगत समझदारीमा सीमित रहनेछन् र संसद् विघटन संवैधानिक प्रक्रियालाई छल्न प्रयोग गरियो भने त्यो लोकतान्त्रिक मार्ग होइन, निरंकुशताको मार्ग हुनेछ। निरंकुशताको मार्गले संविधान र लोकतन्त्रको अन्त्य गरी देशको राष्ट्रिय स्वाधीनता समेत प्रभावित पार्न सक्छ।”
गुरुङले देशको सुरक्षा र राष्ट्रिय अस्मितालाई जोड्दै भने कि संविधान र लोकतान्त्रिक पद्धति पालना गर्नु नै वर्तमान राजनीतिक संकटबाट देशलाई जोगाउने एकमात्र मार्ग हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - ०९:०९
बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...
बैशाख ३ गते, २०८३ - ०९:०१
काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...
बैशाख ३ गते, २०८३ - ०८:५७
काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...
बैशाख ३ गते, २०८३ - ०८:५३
काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...
बैशाख ३ गते, २०८३ - ०८:५१
काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...
बैशाख ३ गते, २०८३ - ०८:४९
प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...
बैशाख ३ गते, २०८३ - ०८:१३
काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...
बैशाख ३ गते, २०८३ - ०८:०९
काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...
बैशाख ३ गते, २०८३ - ०८:०७
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...
बैशाख ३ गते, २०८३ - ०८:०६
चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...


प्रतिकृया लेख्नुहोस्: