Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

स्थानियको प्रतिकार पछि सुनौली नाका केही खुकुलो

\"sunauli\"लुम्बिनी । नेपालको संविधान जारी गरिएको प्रक्रियाप्रति असन्तुष्टि पोख्दै नेपाल–भारत सीमा नाकामा यातायात ठप्प पारेको भारतले स्थानीय बेलहियावासीको दबाबमा सुनौली नाका केही खुकुलो पारेको छ । आइतबारसम्म तीन÷चार घन्टामा एउटा मात्र गाडीको सामान जाँच गराएर नेपाल पठाउँदै आएको भारतीय पक्षले आज भने सीमा नाका केही खुकुलो पारेको बेलहियास्थित बेलहिया भन्सार कार्यालयले जनाएको छ । भन्सार प्रमुख लावण्यकुमार ढकालले सोमबार दिउँसोदेखि सीमा नाकामा केही सहजता आएको र दिउँसो २ः३० बजेसम्ममा ४० भन्दाबढी मालबाहक गाडी भन्सार प्रवेश गरेको बताए । उनका अनुसार अहिले प्रवेश गरेका गाडीमा तीनवटा ग्यास र एकवटा तेल बोकेका छन् । बाँकीमा टायल्स, फलफूल, आलु प्याजलगायतका सामान रहेका छन् । तेल र ग्यासका अन्य गाडी पनि आउने तरखरमा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख एवम् प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए । देशकै दोस्रो ठूलो नाका सुनौलीलाई ठप्प पार्ने उद्देश्यले चार दिनदेखि संयुक्त मधेसी मोर्चाका नेता र कार्यकर्ताले दशगजा क्षेत्रमा प्रदर्शन गरिरहेका थिए भने भारतीय पक्षले सुरक्षाका कारण देखाउँदै सीमा नाका ठप्प पारेको थियो । नाका बन्द हुँदा नेपालमा उपभोग्य सामग्री र पेट्रोलियम सामग्रीको अभावसँगै कालो बजारी सुरु भएको छ । मधेसी मोर्चाले दशगजा क्षेत्रमा पाल टाँगेर अवरोध गरेपछि बेलहियाका स्थानीयवासी युवाले मोर्चाको विरोधमा आज प्रदर्शन गरेका थिए । नाकाबन्दीको विरोधमा गरिएको प्रदर्शनमा सयौँ सर्वसाधारणको सहभागिता रहेको बताइएको छ । स्थानीयवासीले प्रदर्शन गर्न थालेपछि मधेसी मोर्चाका नेता कार्यकर्ता दशगजा छाडेर गएको प्रहरीले जनाएको छ । नाका खुलेपछि एक घन्टाको अवधिमा ४० भन्दा बढी मालबाहक गाडीहरु नेपाल प्रवेश गरेको प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending