काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारमा भएको भेटमा राजदूत फेनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
भेटमा नेपाल–बेलायतबीचको पुरानो मित्रता, ऊर्जा क्षेत्रमा सहयोग, पूर्वाधारमा लगानीका सम्भावना, जलवायु परिवर्तनका चुनौती न्यूनीकरणका उपाय लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि बनेको सरकारका प्राथमिकताबारे जानकारी दिँदै आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासनलाई मुख्य एजेन्डाका रूपमा अघि सारिएको बताए। उनले बेलायतले नेपालको आर्थिक विकासमा पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशन स्थापना गर्ने कार्य प्रभावकारी भएको उल्लेख गरे। साथै उनले सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत पूर्वाधार निर्माण, हरित हाइड्रोजन ऊर्जा विकास, जलवायु परिवर्तनका कारण हुने हिमताल विस्फोटको जोखिम अध्ययनमा सहयोग गर्न आग्रह गरे।
राजदूत फेनले नेपाल–बेलायतबीचको सम्बन्ध ऐतिहासिक मात्र नभई दिगो भविष्य निर्माणतर्फ उन्मुख भएको बताए। उनले नेपालको सफलता बेलायतको पनि सफलता हुने उल्लेख गर्दै आर्थिक रुपान्तरण र विकासका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: