Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

अमेरिकी सांसदको चेतावनीः चीनसँग सैन्य ‘गलतफहमी’ को जोखिम

खबरडबली संवाददाता

बेइजिङ । चीनका लागि अमेरिकी कङ्ग्रेस प्रतिनिधिमण्डलका नेताले मङ्गलबार दुई देशका सेनाबीच ‘गलतफहमीको जोखिम’ बढ्दै गएको चेतावनी दिएका छन् । रक्षा प्रविधि तीव्र गतिमा अघि बढिरहेका कारण आपसी द्वन्द्वको सम्भावना उच्च रहेको उनले बताए ।

वासिङ्टनको सशस्त्र सेवा समितिका वरिष्ठ डेमोक्रेट एडम स्मिथले बेइजिङमा पत्रकारलाई चीनले विश्व शक्तिसँग ‘द्वन्द्व निवारणका लागि थप संवाद गर्नुपर्ने’ धारणा राखे । “हाम्रा जहाज र विमान तिनीहरूको जहाज र विमानसँग धेरै नजिक आउँदैछन् । द्वन्द्व टार्न अझ राम्रो संवाद आवश्यक छ”, उनले अमेरिकी दूतावासमा भने ।

चार सदस्यीय प्रतिनिधिमण्डलमा डेमोक्रेट रो खन्ना र क्रिसी हौलहानसँगै रिपब्लिकन सांसद माइकल बाउमगार्टनर पनि छन् । समूहले सोमबार चिनियाँ रक्षामन्त्री डोङ जुनसँग भेट गरी ‘मतभेदमार्फत काम गर्ने’ र संवाद बढाउने विषयमा छलफल गरेको थियो । डोङले आपसी सम्बन्धमा ‘विघटनकारी कारकहरू हटाउन’ आग्रह गरेको चीनको सिन्ह्वा एजेन्सीले जनाएको छ ।

मङ्गलबार अन्य सांसद र अमेरिकी राजदूत डेभिड पड्र्युसँगै बोल्दै स्मिथले भने, “एआई, ड्रोन, साइबर र अन्तरिक्ष युद्ध तीव्र गतिमा विकसित भइरहेका छन् । क्षमताको गलत बुझाइको जोखिम ठूलो छ, त्यसैले स्पष्ट संवाद अत्यावश्यक छ ।”

– कर र टिकटक –

द्विदलीय प्रतिनिधिमण्डल राष्ट्रपति सी जिनपिङ र डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको केही दिनपछि चीन पुगेको हो ।

ट्रम्पले आगामी महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समिटमा सीसँग भेट्ने र अर्को वर्ष चीन भ्रमण गर्ने बताएको छ । सीले पनि कुनै समयमा अमेरिकाको भ्रमण गर्नेछन्।

यसअघि दुवै देशले एकअर्काविरुद्ध भन्सार शुल्क बढाउँदा आपूर्ति शृङ्खला प्रभावित भएको थियो । पछि वासिङ्टन र बेइजिङबीच सम्झौता भई अमेरिकी आयातमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क घटाएका थिए । तर यो सम्झौता नोभेम्बरमा समाप्त हुनेछ ।

स्मिथ नेतृत्वको टोलीले सोमबार चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग व्यापार वार्ता, फेन्टानिल, महत्त्वपूर्ण खनिज र टिकटकको भविष्यबारे छलफल गरेको थियो ।

ह्वाइट हाउसका अनुसार टिकटकको अमेरिकी संस्करणले एल्गोरिदमको घरेलु मोडेल प्रस्तुत गर्नेछ, जसले अमेरिकामा चिनियाँ स्वामित्वको प्लेटफर्म सञ्चालनको अवरोध हटाउन सक्छ । तर स्मिथले ‘यो मुद्दा अझै सतप्रतिशत समाधान भएको छैन’ नेका छन् ।

प्रतिनिधिमण्डलले चीनको नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजी र विदेशमन्त्री वाङ यीलाई समेत भेट्ने कार्यक्रम छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: