Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन

खबरडबली संवाददाता

कञ्चनपुर । चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब–डिभिजन वन कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको छ ।

वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार टोली गठनको मुख्य उद्देश्य वन्यजन्तुको उद्धार, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण, वन क्षेत्रको नियमित गस्ती, वन पैदावार चोरी निकासी रोकथाम र वन संरक्षणलाई प्रभावकारी बनाउनु रहेको छ । 

चाडपर्वका बेला सामुदायिक वनका उपभोक्ता चाडपर्व मनाउने कार्यमा व्यस्त हुने भएकाले वन क्षेत्रमा चोरी–तस्करी र सिकारीजस्ता गतिविधि बढ्ने सम्भावना उच्च हुने भएकाले प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको कार्यालय प्रमुख यादवले बताए ।

टोलीमा आठ वटै सामुदायिक वनका पदाधिकारी तथा वन कार्यालयका कर्मचारी गरी १५ सदस्य सहभागी छन् । टोलीले दसैँ, तिहार, छठलगायत पर्वमा चौबिसै घण्टा सक्रिय रूपमा वन क्षेत्रमा गस्तीको कार्यलाई निरन्तरता दिनेछन् । 

“सामुदायिक वनका पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीबिच घनिष्ठ सहकार्य गरेर यसपालिको चाडपर्वमा वन क्षेत्र सुरक्षित गर्ने लक्ष्य राखिएको छ,” यादवले भने, “बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका आठ सामुदायिक वनमा टोली परिचालन गरिएको छ ।”

वन्यजन्तुको उद्धार, वन पैदावार र वन्यजन्तुको चोरी–सिकारी रोकथामका लागि जानकारी दिनका लागि कार्यालयको मोबाइल नं २४ घण्टा खुला राखिने व्यवस्था मिलाइएको उनले बताए । 

“प्राप्त सूचनाका आधारमा टोली तत्काल (रात, दिनमा चौबिसै घण्टा) घटनास्थलमा परिचालन हुनेछ,” उनले भने, “टोलीका सदस्यले स्थानीय प्रहरी र समुदायसँग समन्वय गर्नेछन् ।” 

यादवका अनुसार भारतसँगको सीमा नजिक भएकाले बेलौरी र पुनर्वास क्षेत्र अझ संवेदनशील मानिन्छ । यस कारण सीमापारि हुने अवैध गतिविधि रोक्न पनि टोलीलाई सक्रिय बनाइएको उनको भनाइ रहेको छ ।

“दुवै नगरपालिकामा हिंस्रक जनावर चितुवा, पाटेबाघ बेलाबेलामा देखापर्ने गरेका छन्, ती जनावरले स्थानीय बासिन्दालाई आक्रमण गरी घाइते बनाउने, घरपालुवा जनावरमा क्षति पुर्‍याउने समस्या रहेको छ”, उनले भने, “जङ्गली हात्तीको समस्या पनि उत्तिकै छ, मानव बस्तीमा अजिङ्गर पनि देखापर्ने गर्दछ । यी समस्या नियन्त्रण गर्न र घाइते जनावरको उद्धारमा सहयोग पुर्याउन टोलीले मद्दत पुर्‍याउने छ ।”

सामुदायिक वन उपभोक्ताहरूसँग बसेर छलफल गरी रणनीति बनाएर टोली औपचारिक रूपमा परिचालन गरिएको उनले जानकारी दिए ।

स्थानीय उपभोक्ता समितिहरूले यस कार्यको स्वागत गरेका छन् । उपभोक्ता समितिका पदाधिकारीहरूले द्रुत प्रतिकार्य टोलीको सक्रियताले वन्यजन्तु संरक्षण र वन पैदावार चोरी–तस्करी नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: