काठमाडौँ । मङ्गलबार बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र बालुवा खोज्दै गरेको भेटिइन् । उनले सोमबार घटस्थापनाको दिन जमरा राखेर दसैँको प्रारम्भ गरिन् । पुजाको तयारी गरेकी उनले भनिन्,“दसैँ त आयो, तर, मन खुसी आएन ।”
गोमाले भनेझैँ नजिकिएको दसैँमा विगतको जस्तै उत्साह देखिएको छैन । एक साताअघिको जेनजी प्रदर्शनको गहिरो प्रभाव अझै धेरैको मनबाट हटेको छैन । कतिपय सहिद तथा घाइते परिवार त झन् शोकमै छन् ।
उनले जेनजी प्रदर्शनमा ज्यान गुमाएका युवाहरूले न्याय पाउने आशासँगै देशमा शान्ति छाओस् भनी कामना गरेको सुनाइन् ।
दसैँमा प्रायः काठमाडौँ सुनसान हुन्छ । बाहिर बस्नेहरू घर जाने भएपछि काठमाडौँ खाली हुन्छ । त्यो खालिपनमा यहाँका स्थानीयहरू शान्त भएर बस्न पाउने बताउँछन् । तर, पाटनका भक्तमान श्रेष्ठ भने यसपालिको दसैँमा सडक गल्ली शान्त भएपनि मन शान्त नहुने बताए ।
जेलबाट भागेका अपराधीहरू टोलभरि छन् । शान्त र सुरक्षित भएर कसरी दसैँ मनाउने ? उनको मनमा खड्किएको प्रश्न हो यो । उनले भने, “प्रहरी कार्यालय जलेका छन्, अपराधीहरू बाहिरै घुमेका छन् । पर्वमा चोरी डकैती बढ्ने डर छ नि ।”
उनका अनुसार यस पालिको दसैँमा एकातिर देशका होनहार युवा गुमाउनु परेको पीडा छ भने अर्कोतिर राजनीतिक कारण निश्चिन्त भएर मनाउने अवस्था छैन ।
जेनजी प्रदर्शनमा स्वतःस्फूर्त होमिएकी थिइन्, बानेश्वरकी भवानी निरौला । उनीसँगै आन्दोलनमा थुप्रै साथीहरू घाइते भएका छन् भने केहीले ज्यान गुमाए । “गोली लागेर साथी अस्पतालमा छ, दसैँमा कसरी खुसी हुन सकुँला र ?”, २० वर्षीया निरौलाले भनिन् ।
बानेश्वरस्थित फुटपाथ सस्तो बजारका व्यापारी विक्रम भट्टराईका अनुसार विगतमा जस्तो दसैँ किनमेलमा उत्साह छैन । एक साताअघि गोलीको बर्सा भएको अझै उनको कानमा गुन्जिन्छ ।
कोटेश्वर बस्ने टीका गौतम आज भृकुटीमण्डमा दसैँका लागि किनमेल गर्न पुगिन् । घरमा आवश्यक सामान र बालबालिकालाई लत्ताकपडा किनिन् । दसैँका लागि किनमेल गरिरहेकी उनले भनिन्,“केटाकेटीलाई खुसी पार्नु पर्यो, आफ्नो मनमा भने दसैँको उत्सव त्यति छैन ।”
मनोविद् गोविन्द ढकालका अनुसार चाडपर्वले आफन्तमाझ खुसीयाली आदानप्रदान गर्छ । यसले समाजमा सामाजिक सद्भाव सिर्जना गर्नाका साथै वर्षभरिको तनाव पिर मर्कालाई पखालेर हलुको बनाउन मद्दत गर्छ ।
तर, यस वर्ष देशको स्थिति अनुकूल नहुँदा उत्सवमय बन्न नसकेको उनको भनाइ छ । असुरक्षित समाज, राजनीतिक अस्थिरताका कारण समाजमा चाडपर्वलाई उत्साहजनक बनाउन कठिनाइ भएको उनले बताइन् ।
जेनजी आन्दोलनका क्रममा ७० भन्दा बढी युवा वर्गको मृत्यु भएको, घाइतेहरू अस्पतालमा छट्पटाइरहेका, क्षतिको आकलन गर्न सक्ने अवस्था नरहेको, सार्वजनिक संरचना ध्वस्त भएको, सवारी साधन जलेका तथा कैयौँ लेटेराहरू जेलबाट भागेको अवस्थामा यस वर्षको बडादसैँ खुसी र हर्षाेल्लासका साथ मनाउने अवस्थामा नरहेका जेनजी पुस्ताका अगुवाहरू बताउँछन् ।
तर पनि आआफ्नो गच्छेअनुसार परापूर्वकालदेखि मानिआएको दसैँ पर्व मनाउँदै हाम्रो मौलिक धर्म, संस्कृतिको संरक्षण र सम्बद्धन गर्नुपर्ने दायित्व हामी नेपालीकै भएकाले त्यसतर्फ ख्याल गर्न सम्बद्ध सबैसँग जेनजी पुस्ताका तर्फबाट अनुरोध गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: