Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

आँखाको ज्योति फर्किएपछि चन्द्रावतीले भनिन-अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’

खबरडबली संवाददाता

काठमाडौँ । दुवै आँखामा मोतियाबिन्दुको कारण कैलालीको जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन् ।

दुई वर्ष अघिसम्म उनले दुवै आँखाको दृष्टि गुमाएकी थिइन् । उनले भनिन्, “मेरो आँखामा दृष्टि नहुँदा आफन्त, परिवार र वरिपरिको परिवेश मात्र होइन, आफ्नो जीवन नै अन्धकारमय बनेको थियो ।”

चरम गरिबी र मोतियाबिन्दुको शल्यक्रिया पछि दृष्टि फर्किन्छ भन्ने  चेतनाका अभावमा चन्द्रावती अन्धकारमा जीवन बिताउन विवश थिइन्  । दिनहुँका दैनिकी समेत अन्यका सहारा लिनुपर्दा उनले आफैँले आफैलाई एक्लो पाउँथिन् । दृष्टि गुमेपछिको पीडा सुनाउँदै उनले भनिन्,“दृष्टि नभएको मानिसको पीडा कस्तो हुन्छ भन्ने त केवल अनुभूतिले मात्र थाहा हुन्छ, यसलाई कसरी शब्दमा व्यक्त गर्न सक्दिन । असहाय महसुस गरेर समय काट्दथे ।”

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा गत भदौ ३१ गते चन्द्रावतीलाई आँखा परीक्षण गर्न ल्याइयो । अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा देवराज भारतीले मोतियाबिन्दुको शल्यक्रिया तत्काल गर्न सुझाव दिँदै उहाँले एकै पटक दुवै आँखाको शल्यक्रिया समेत गरे । 

गुमेको ज्योति पुनः फर्किएपछि चन्द्रावतीले खुसी हुँदै भनिन्,“जीवनमा नयाँ आत्मविश्वास पलाएको  छ । ज्योति फर्किन्छ भन्ने कल्पनासम्म गरेको थिइन । जीवनमा नयाँ बिहान आएको छ । मलाई लाग्थ्यो अब संसार कहिल्यै देख्न पाउने छैन, आज फेरि सबै देख्न पाउँदा जीवन नयाँ बनेको छ । अब म आफ्नो परिवारको अनुहार स्पष्ट देख्न सक्छु, काम गर्न सक्छु, संसारसँग छामेर होइन, हेरेरसँग  आफैँ जुध्न सक्छु ।”

आर्थिक अवस्था अत्यन्त कमजोर भएकी चन्द्रावतीको मोतियाबिन्दुको शल्यक्रिया अस्पतालले निःशुल्क गरेको थियो ।

उनले भनिन्,“अस्पतालसम्म मलाई ल्याउने र मेरो उपचार गर्ने चिकित्सक भगवान्सरह हुनुहुन्छ ।  यस्तो सहयोग मैले कहिल्यै बिर्सन सक्दिन ।” 

फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जका सामुदायिक कार्यक्रम अधिकृत उमेर अहमद सादिकले भने,“ यस्तो पुनर्स्थापना सम्भव भएको उपचारको पहुँच र सामुदायिक सहकार्यबाट भएको हो । चन्द्रावती जस्ता बिरामी आज पनि आर्थिक अभाव र जनचेतनाका कमीका कारण गाउँघरमै दृष्टिविहीन भएर बसिरहेका छन् ।  आँखा शिविरले उहाँहरूको जीवनमा पुनः उज्यालो ल्याउने काम गर्छन् ।” 

अस्पतालका प्रबन्ध निर्देशक चिकित्सक कौशलकुमार बर्माका अनुसार अस्पतालले विभिन्न स्थानीय सरकार एवं दातृ निकायहरूसँगको सहकार्यमा मोतियाबिन्दु शिविरहरू सञ्चालन गर्दै आइरहेको छ ।

उनले भने,“यसका कारण बिरामीहरूको आँखाको दृष्टि पुनः फर्किएको छ । चन्द्रावती एउटा पात्र मात्र हुनुहुन्छ । जहाँ उपचारको पहुँच र विभिन्न निकायसँगको सहकार्य उपचारबाट वञ्चितको जीवनको अन्धकारलाई उज्यालोमा परिवर्तन गर्न सकिन्छ ।”

स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा नेपाल नेत्रज्योति सङ्घको २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ ।

यस्तै ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: