Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

'बर्थिङ सेन्टर' पुग्न दुई घण्टाको पैदल यात्रा

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-९, खल्ला मसेट्टी क्षेत्रका गर्भवती महिलाहरू नजिकै प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य छन्।

बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ भए पनि जोखिमपूर्ण कच्ची बाटोका कारण त्यहाँ पुग्न मुस्किल पर्छ। सेन्टर पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प छैन। सरकारले गर्भवतीको नियमित जाँच र स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्ने नीति लिए पनि यहाँ यो लागू हुन सकेको छैन। यातायातको सुविधा नभएकाले गर्भवतीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्था पुर्‍याउनुपर्ने बाध्यता छ।

यहाँका स्वास्थ्य स्वयंसेविका विमला बमका अनुसार, कतिपय गर्भवती बाटोमै सुत्केरी भएर फर्कन बाध्य भएका छन्। "बाटोमा नै शिशु जन्मिएका घटना पनि छन्, बाध्यता छ, के गर्नु गाउँमा बर्थिङ सेन्टर छैन," उनले भनिन्।

सरकारले घरमा सुत्केरी हुने दर शून्यमा झार्ने अभियान चलाएको छ र नियमित चार पटक गर्भजाँच गरेबापत ७०० रुपैयाँ र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत यातायात खर्चबापत ३ हजार रुपैयाँ दिने व्यवस्था छ। तर, यहाँका गर्भवतीहरूले यो सुविधा पाउन सकेका छैनन्। स्थानीय रेखा विकले भनिन्, "हिउँदमा त एम्बुलेन्स आउँछ, जसोतसो स्वास्थ्य संस्था पुगिन्छ। तर, नियमित जाँचका लागि पनि दुई घण्टा पैदल हिँड्नुपर्छ।"

उक्त बस्तीमा गाउँघर क्लिनिक स्थापना गरिएको छ, जहाँ एक अनमी, अहेब र एक कार्यालय सहयोगी छन्। क्लिनिककी अनमी ममता महता डेढ वर्षदेखि सुत्केरी बिदामा गएपछि फर्किएकी छैनन्। उनको ठाउँमा अर्को कर्मचारी नखटाइँदा बालबालिकालाई खोप र भिटामिन खुवाउनसमेत समस्या भएको छ। अहिले ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एक पटक अनमी आएर सेवा दिने गरेको क्लिनिकका अहेब नारायण बोहराले बताए।

"यहाँ बाटोको समस्या छ, सुत्केरीलाई स्ट्रेचरमा बोकेर पाँच किलोमिटर टाढा पुर्‍याउनुपर्ने बाध्यता छ," बोहराले भने, "यहाँ खानेपानीसमेत छैन, म घरबाट पानी बोकेर आउँछु।" उनका अनुसार, दैनिक २५ देखि ३० जना सेवाग्राही आउँछन्। स्थानीयहरूले घर नजिकै बर्थिङ सेन्टर स्थापना गरी सुरक्षित सुत्केरीको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

सुगम जिल्ला भनेर चिनिने कञ्चनपुरभित्रै रहेको यो बस्ती विकासका आधारभूत सुविधाबाट वञ्चित छ। पक्की बाटो, स्वास्थ्य, शिक्षा, बिजुली र खानेपानीजस्ता आधारभूत सेवा पाउन पनि यहाँका बासिन्दाले ठुलो कष्ट भोगिरहेका छन्। सदरमुकामदेखि २० किलोमिटर उत्तरमा रहेको यो बस्तीमा जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: