Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

झोला उद्योगबाट रोजगारी सृजना गर्दै झापाकी तारादेवी

खबरडबली संवाददाता

झापा । बुद्धशान्ति गाउँपालिका-३, प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताको कथा भेटिन्छ। नम्र स्वभाव र आत्मविश्वासले भरिएको अनुहार भएकी ती महिला हुन् तारादेवी अधिकारी, शीतला झोला उद्योगकी सञ्चालक। उनको घरको भुइँतलामा चलिरहेको सानो कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागा, कैची र सिलाइ मेसिनको आवाजले उद्योगको जीवन्तता झल्काउँछ। यो उद्योगको नाम अहिले बुद्धशान्ति मात्र नभई कोशी प्रदेशका विभिन्न जिल्लामा पनि परिचित छ।

साधारण गृहिणीबाट सफल उद्यमी बनेकी तारादेवीको यात्रा करिब १२ वर्षअघि घरेलु तथा साना उद्योगको समन्वयमा लिएको सिलाइकटाइ तालिमबाट सुरु भएको थियो। तालिमपछि आफ्नै मेसिन नभएकाले केही वर्ष भाडाको मेसिनमा कपडा सिलाउने काम गरिन्। एक दिन उनले कपडा सिलाएर बाँकी रहेको टुक्राबाट तीनवटा साधारण सुर्की झोला बनाएर पसलमा राखिन्। ती झोला तुरुन्तै बिक्री भए। यसपछि उनले हरेक दिन तीन–चारवटा झोला बनाएर राख्दा पनि माग बढ्दै गयो। यसै सफलताले उनलाई झोला उत्पादनलाई उद्यमका रूपमा अगाडि बढाउने प्रेरणा दियो।

२०७६ सालदेखि उनले ढाका, अल्लोलगायतका स्थानीय कच्चा पदार्थ प्रयोग गरी झोला उत्पादन गर्ने उद्योग खोलिन्। अहिले उनको उद्योगबाट विभिन्न आकार, प्रकार र डिजाइनका झोला उत्पादन हुन्छन्, जसको मूल्य ५० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म छ। झोलाका लागि आवश्यक कच्चा पदार्थ काठमाडौँ र भारतको सिलगढीबाट ल्याइन्छ।

हाल उद्योगमा १८ महिलाले नियमित रोजगारी पाएका छन् भने थप १५ जना आंशिक रूपमा संलग्न छन्। उनीहरू आफ्नो घरधन्दा सकेर दिउँसो केही घण्टा काम गर्न आउँछन्। दक्षताको आधारमा महिलाले मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउँछन्। यसरी आफ्नो श्रमबाट आर्थिक रूपमा सशक्त बन्न पाउँदा उनीहरू गर्व र खुसी महसुस गर्छन्।

शीतला झोला उद्योगका उत्पादन झापा जिल्लामा मात्र सीमित छैनन्। कोशी प्रदेशका अधिकांश पहाडी जिल्लाका साथै सुदूरपश्चिमको कञ्चनपुरसम्म यसको माग पुग्छ। गत असारमा भीमदत्त नगरपालिकाबाट नगरसभाका सदस्यहरूलाई वितरण गर्न ११० वटा झोलाको माग आएको थियो, जुन तारादेवीले चार दिनभित्र तयार गरेर पठाइन्। कोभिड-१९ को बन्दाबन्दीको समयमा आफ्नो उद्योगले राम्रो बजार पाएको उनले बताइन्।

बुद्धशान्ति गाउँपालिकाले पनि आफ्ना सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई उनको उद्योगबाट उत्पादित झोला वितरण गरेको छ। यसका अतिरिक्त, सङ्खुवासभाको खाँदबारी, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायतका जिल्लामा पनि झोला पुग्छ। तारादेवी झोला उत्पादन मात्र नभई तालिम दिने काममा पनि सक्रिय छिन्। उनले स्थानीय तह र सामुदायिक संस्थाको मागअनुसार महिलालाई झोला सिलाइ तालिम दिँदै आएकी छिन्, जसले गर्दा तालिम पाएका महिलाले पनि आफ्नै क्षेत्रमा सानो स्तरमा झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन्।

तारादेवी भन्छिन्, "तालिमले महिलालाई सीप दिन्छ, सीपले आत्मबल बढाउँछ, आत्मबलले रोजगारी र आयआर्जन ल्याउँछ।" उनले झोला उत्पादनबाट भएको नाफाबाट बुद्धशान्ति-३ प्रगतिटोलमा जग्गा किनेर तीनतले घर बनाइन् र हाल सोही घरको भुइँतलामा उद्योग सञ्चालन गरिरहेकी छन्। खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँ नाफा हुने गरेको उनी बताउँछिन्।

आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउन तारादेवीले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल र स्थानीय मेला-हाटबजारको माध्यमबाट प्रचारप्रसार पनि गरिरहेकी छन्। शीतला झोला उद्योग केवल एक व्यावसायिक उपक्रम मात्र नभएर महिलालाई आत्मनिर्भर र सशक्त बनाउने एक खम्बा बनेको छ। धेरै महिलाले यहाँबाट कमाएको पैसाले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरधन्दा चलाइरहेका छन्।

उनको योजना अझ ठूलो छ। आगामी दिनमा देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्दै महिलालाई रोजगारी सिर्जना गर्ने वातावरण बनाउन उनी चाहन्छिन्। साथै, उत्पादनलाई अझ गुणस्तरीय र आकर्षक बनाउन नयाँ प्रविधि र डिजाइनमा लगानी गर्ने तयारी पनि छ।

तारादेवीको कथा केवल व्यक्तिगत सफलताको कथा नभएर सङ्घर्षबाट उद्यमिता जन्मिन सक्ने र महिलाले पनि ठूलो योगदान दिन सक्ने प्रमाण हो। झापाको एउटा सानो गाउँबाट सुरु भएको उनको यात्रा आज महिलाको आत्मनिर्भरता, श्रमको सम्मान र सफलताको प्रतीक बनेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: