काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले अन्तरराष्ट्रिय गन्तव्यतर्फको दोस्रो उडान कात्तिक २ (अक्टोबर १९) देखि संचालन गर्ने तयारी गरेको हो ।
कोलकाता–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गर्नेमा बुद्ध एयर हालसम्म एकमात्र नेपाली विमान सेवा कम्पनी हो । सुरुमा साताको तीन दिन—आइतबार, मंगलबार र बिहीबार—उडान हुने योजना छ । काठमाडौंबाट बिहान ७:०० बजे र कोलकाताबाट स्थानीय समय अनुसार ९:२० बजे उडान हुनेछ । एटीआर–७२ जहाज प्रयोग हुने यो उडानको अवधि करिब १ घण्टा ३५ मिनेट हुनेछ ।
एकतर्फी भाडा १३ हजार ३५३ रुपैयाँ तोकिएको छ । घुम्न चाहनेका लागि पर्यटकीय र धार्मिक भ्रमण प्याकेज पनि उपलब्ध गराइनेछ । नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थल भ्रमणका लागि ‘आउटबाउन्ड’ र भारतबाट नेपालका गन्तव्यमा भ्रमणका लागि ‘इनबाउन्ड होलिडे प्याकेज’ बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत संचालन हुनेछ ।
कोलकाता उडानसँगै जगन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागर लगायतका भ्रमण प्याकेज पनि सुरु हुनेछन् । व्यापार, कामकाज वा पारिवारिक भ्रमणका लागि भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्यसहित बुद्ध एयरले यो सेवा विस्तार गरेको हो ।
हाल बुद्ध एयरले देशभर दैनिक छ दर्जनभन्दा बढी आन्तरिक उडान र भारतको वाराणसीमा सोमबार, बुधबार र शुक्रबार अन्तरराष्ट्रिय उडान गरिरहेको छ । बुद्ध एयरले पहिलोपटक २०७६ वैशाख २ गते कोलकाता उडान सुरु गरेको थियो तर कोभिड महामारीका कारण मंसिर १६ गतेदेखि सेवा स्थगित गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: