ताप्लेजुङ । भदौयता बजारमा नयाँ उत्पादन आउन थालेपछि अलैँचीको मूल्य एक महिनाभित्र प्रतिमन (४० किलोग्राम) आठ हजार रुपैयाँले घटेको छ । अहिले फुङ्लिङ बजारमा अलैँची प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा स्थानीय व्यापारी भद्रबीर रेग्मीका अनुसार सुरुमा प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भएको मूल्य क्रमशः घट्दै ८० हजारमा झरेको हो ।
व्यवसायीहरूका अनुसार मूल्य घट्नुको ठ्याक्कै कारण भने स्पष्ट छैन । दसैँ–तिहारजस्ता चाडपर्वमा अलैँचीको मूल्य घट्ने पुरानो अनुभव रहेकाले यो वर्ष पनि त्यहीँ प्रभाव हुनसक्ने उनीहरूको अनुमान छ । साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यसको असर नेपालमा परेको हुनसक्ने फुङ्लिङका व्यापारी कमल बरालले बताए ।
यस वर्ष नयाँ अलैँची बजारमा आउँदा सुरुवाती मूल्य गत वर्षको तुलनामा आकर्षक थियो । गतवर्ष प्रतिमन ८२ हजारमा कारोबार भएको अलैँचीको सुरुवाती मूल्य यो वर्ष ८८ हजार पुगेपछि किसान र व्यवसायी उत्साहित बनेका थिए । तर हाल एक महिनामै आठ हजारले मूल्य घट्दा उनीहरू चिन्तित छन् । स्थिर मूल्यले मात्र किसान र व्यापारीलाई ढुक्क हुने अवस्था हुने उनीहरूको अपेक्षा छ ।
ताप्लेजुङमा अलैँची प्रमुख नगदेबाली हो । मुख्य सिजन असोजपछि सुरु हुने भए पनि सुरुको मूल्य घट्न थालेकाले आगामी महिनामा अझ कमी हुने डर किसान र व्यवसायीलाई छ । स्थिर बजार सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने उनीहरूको आग्रह छ ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा ४,१६५ हेक्टरमा अलैँची खेती हुन्छ । यहाँका नौ स्थानीय तह र ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै क्षेत्रमा यसको खेती गरिन्छ । गतवर्ष जिल्लामा २,५३१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: