Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

अलैँचीको मूल्य एक महिनामै आठ हजार घट्यो

खबरडबली संवाददाता

ताप्लेजुङ । भदौयता बजारमा नयाँ उत्पादन आउन थालेपछि अलैँचीको मूल्य एक महिनाभित्र प्रतिमन (४० किलोग्राम) आठ हजार रुपैयाँले घटेको छ । अहिले फुङ्लिङ बजारमा अलैँची प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा स्थानीय व्यापारी भद्रबीर रेग्मीका अनुसार सुरुमा प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भएको मूल्य क्रमशः घट्दै ८० हजारमा झरेको हो ।

व्यवसायीहरूका अनुसार मूल्य घट्नुको ठ्याक्कै कारण भने स्पष्ट छैन । दसैँ–तिहारजस्ता चाडपर्वमा अलैँचीको मूल्य घट्ने पुरानो अनुभव रहेकाले यो वर्ष पनि त्यहीँ प्रभाव हुनसक्ने उनीहरूको अनुमान छ । साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यसको असर नेपालमा परेको हुनसक्ने फुङ्लिङका व्यापारी कमल बरालले बताए ।

यस वर्ष नयाँ अलैँची बजारमा आउँदा सुरुवाती मूल्य गत वर्षको तुलनामा आकर्षक थियो । गतवर्ष प्रतिमन ८२ हजारमा कारोबार भएको अलैँचीको सुरुवाती मूल्य यो वर्ष ८८ हजार पुगेपछि किसान र व्यवसायी उत्साहित बनेका थिए । तर हाल एक महिनामै आठ हजारले मूल्य घट्दा उनीहरू चिन्तित छन् । स्थिर मूल्यले मात्र किसान र व्यापारीलाई ढुक्क हुने अवस्था हुने उनीहरूको अपेक्षा छ ।

ताप्लेजुङमा अलैँची प्रमुख नगदेबाली हो । मुख्य सिजन असोजपछि सुरु हुने भए पनि सुरुको मूल्य घट्न थालेकाले आगामी महिनामा अझ कमी हुने डर किसान र व्यवसायीलाई छ । स्थिर बजार सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने उनीहरूको आग्रह छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा ४,१६५ हेक्टरमा अलैँची खेती हुन्छ । यहाँका नौ स्थानीय तह र ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै क्षेत्रमा यसको खेती गरिन्छ । गतवर्ष जिल्लामा २,५३१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: