Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नयाँ संविधानले मधेसका जनतालाई भेदभाव गरेको छैनः नेता नेपाल

\"Madhavकाठमाडौं । नेकपा ९एमाले० का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ संविधानले मधेसका जनतालाई कुनै पनि अर्थमा भेदभाव नगरेको बताएका छन् । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा नेता नेपालले उत्त कुरा बताएका हुन् । उनले तराई मधेसमा आन्दोलनरत दललाई अविलम्ब वार्ताको टेबुलमा आएर समाधान खोजी राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आह्वान गरेका छन् । उनले स्पष्ट नभएका कुरामा थप स्पष्ट हुन, सरकार समेत परिवर्तन हुन लागेको यस घडीमा राष्ट्र निर्माणको अभियानमा सहभागी हुन र मुलुकमा सामाजिक सद्भाव र एकता कायम राख्ने कुरामा योगदान गर्न पनि आग्रह गरे । उनले भने, ‘मुलुकले लोकतान्त्रिक र प्रगतिशील संविधान पाएको छ, अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बेला आएको छ । संविधानसभाको निर्वाचन र संविधान निर्माणको अन्तिम प्रक्रियामा छुटेका साथीहरु राष्ट्र निर्माणको यात्रामा जहाँबाट जतिखेर सकिन्छ, त्यतिखेर नै सामेल हुनुपर्छ । आन्दोलन सञ्चालन गर्ने दलले त्यस्ता अवाञ्छित गतिविधि तुरुन्त बन्द गर्नुपर्छ वा बन्द गर्न सक्दैनन् भने आफूलाई त्यसबाट अलग राख्नुपर्छ । नेता नेपालले एमालेका कुनै पनि कार्यकर्ता मधेसमा भइरहेको हिंसात्मक गतिविधिमा संलग्न नभएको र भएको पाइएमा कारबाही हुने जनाउँदै मुलुकलाई नै सङ्कटमा धकेल्ने गरी नाकाबन्दी गर्ने जस्ता कुराले कसैको पनि भलो नगर्ने बताए ।े चाडपर्वको सम्मुखमा आपूर्ति व्यवस्था असहज हुनुले नेपालीमा कष्ट थपिएको उल्लेख गर्दै भने, ‘दुवानी क्षेत्रमा देखिएको अवरोध अविलम्ब हटाउन र निर्वाध आवागमनको व्यवस्था सञ्चालन गर्न सार्वभौम मुलुकको पारवहन अधिकार दृष्टिबाट पनि म भारत सरकारलगायत सम्बद्ध सबैमा आग्रह गर्दछु ।’ उनले भने । नेता नेपालले मुलुकका अङ्गीकृत नागरिकता लिने बित्तिकै उसले प्रमुख विशिष्ट पदमा जान नपाउने आममान्यता रहेकाले त्यसका नाममा मधेसका व्यक्तिले मन्त्री, सांसद् बन्न पाउँदैनन् भनेर भ्रम फिजाइएकामा चिन्ता व्यक्त गरे । कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान बनाउँदा कुनै पनि मुलुकले असहमति राख्नुपर्ने अवस्था नरहेको भन्दै नेपालले आफ्नो स्वाभिमानको झण्डा फहराउन पाउनुपर्ने भन्दै तराई मधेसमा जनताका बीच संविधानमा भएका अधिकारबारे स्पष्ट पार्न कार्यकर्ता परिचालन गर्ने नीति लिइएपनि सकेसम्म वार्ता होस् र मुठभेड नहोस् भनेर धैर्य गरेको बताए । एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले संविधान जारी भएपछि पार्टीले मङ्गलबार काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको जानकारी दिए । पार्टीका उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीलगायत नेता उपस्थिति थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending