Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नवलपरासीमा नरेन्द्र मोदीको पुत्ला दहन, हिन्दी गीत, चलचित्र तथा कार्यक्रम प्रसारण पनि बन्द

\"Modi\"नवलपरासी । नवलपरासीको कावासोती र बर्दघाटबासीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै स्थानीयले मोदीको पुत्लादहन गरेका हुन् ।

कावासोतीको फलफूल चोकमा र बर्दघाटको बाढी पीडित चोकमा पुत्ला दहन गरिएको हो । पुत्ला दहन अघि स्थानीयले भारतविरुद्ध नाराबाजी गर्दै र्यालीसमेत निकालेका थिए ।

र्यालीपछि बर्दघाटको कोणसभामा राजनीतिक दलका स्थानी नेताहरुले भारतीय हस्तक्षेप बिरुद्ध भारतीय गीत संगीत र फिल्महरुमा प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए ।

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीले भारतीय हस्तक्षेप बिरुद्ध एकताबद्ध भएर लाग्न पत्रकार, नागरिक समाज तथा बुद्धिजिवीहरुमा आग्रह गरेको छ । महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठले प्रेस बिज्ञप्ति जारी गर्दै भारतीय हस्तक्षेपको बिरुद्ध एकताबद्ध हुन आग्रह गरे ।

त्यस्तै नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी नवलपरासीले भारतीय हस्तक्षेप बिरुद्ध जागरणका लागि हस्ताक्षर संकलन अभियान शुरु गरेको छ ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष अर्जुन लुइटेलका अनुसार क्रान्तिकारीले भारतीय हस्तक्षेपका बिरुद्ध विभिन्न क्याम्पस तथा बजारहरुका हस्ताक्षर अभियान शुरु गरिएको हो । संकलित हस्ताक्षर भारतीय दुतावासमा पठाइने उनले स्थानीयले बताएका छन् ।

नवलपरासीमा रहेका रेडियो र स्थानीय टेलिभिजनहरुले भारतको हस्तक्षेपको विरुद्ध हिन्दी गीत, चलचित्र तथा कार्यक्रम प्रसारण पनि बन्द गरेका छन् ।

भारतीय हस्तक्षेपको विरुद्ध नवलपरासीमा चर्को विरोध हुन थालेसँगै रेडियो र टेलिभिजनमा हिन्दी गीत, हिन्दी कार्यक्रम र हिन्दी चलचित्र बन्द गरिएको हो ।

नवलपरासीमा आठ वटा रेडियो र तीन वटा स्थानीय टेलिभिजन सञ्चालनमा छन् । नवलपरासीमा केबुल लाइनबाट प्रसारण हुने हिन्दी च्यानलहरु भने अझै बन्द गरिएको छैन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending