Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौंलाई लाभ हुने

खबरडबली संवाददाता

सुडान । दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र बाल कोषको सहकार्यमा चार दिन लामो स्वास्थ्य अभियान सुरु गरेको छ । यस अभियानले करिब दुई करोड एक लाख बालबालिका र एक करोड बीस हजार वयस्कलाई पोलियो र स्किष्टोसोमियासिस भन्ने रोगबाट जोगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले देशका ४० जिल्लामा घरघर पुगेर पाँच वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् । यसैगरी, विद्यालय जाने उमेरका बालबालिका र जोखिममा रहेका समुदायलाई स्किष्टोसोमियासिस रोगको रोकथामका लागि प्राजिक्वान्टेल नामको औषधि वितरण गरिनेछ ।

स्वास्थ्य मन्त्री सराह क्लीटो रियलले भने,“हामी सबै अभिभावक र समुदायलाई आफ्ना बालबालिकालाई खोप लगाउन र अभियान सफल बनाउन पूर्णरूपमा सहभागी हुन आग्रह गर्छौं । यस अभियानले स्रोतको सदुपयोग गर्दै दुईवटा प्रमुख रोगलाई एकै पटक नियन्त्रण गर्ने अवसर प्रदान गरेको छ ।”

पोलियो भाइरसजन्य रोग हो जसले बालबालिकालाई पक्षाघात जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । दक्षिण सुडानका दुर्गम क्षेत्रहरूमा खोप लगाउन कठिनाईका कारण पोलियोका सङ्क्रमण बढिरहेका छन् । स्किष्टोसोमियासिस भने पानीबाट सर्ने परजीवीजन्य रोग हो, जसले शरीरमा संक्रमण गरी स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ ।

स्वास्थ्य मन्त्रालयले यो अभियानले दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा पुर्याउन र समुदायमा रोगको चेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । यसले लामो समयसम्म रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दक्षिण सुडानमा स्वास्थ्य सेवा प्रणाली अझै कमजोर रहेको अवस्थामा यस किसिमका अभियानहरूले जनस्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छन् । दुई रोगलाई एकसाथ लक्षित गरी गरिएको यस अभियानले समय र स्रोत दुवैको सदुपयोग गरेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: