तेहरान । इरानको सांस्कृतिक गौरव मानिने हस्तनिर्मित कालीन (कार्पेट) उद्योग आज गम्भीर सङ्कटको सामना गर्दैछ । दशकदेखि अरबौं डलर आम्दानी दिने यो परम्परागत व्यवसाय अब मात्र थोरै देशहरूमा सीमित बनेको छ ।
आर्थिक सङ्कट र उपभोक्ताको बदलिँदो रुचिका कारण यो उद्योग पतनको दिशातर्फ अगाडि बढिरहेको छ । सन् १९९० को दशकमा वार्षिक दुई अर्ब डलरभन्दा बढी निर्यात गर्ने इरानी कार्पेट उद्योग अहिले घटेर करिब ४० लाख डलरमा सीमित भएको छ, जुन ९५ प्रतिशतभन्दा बढीको गिरावट हो ।
सन् २०१८ मा अमेरिकाले प्रतिबन्ध पुनः लगाएपछि, इरानले आफ्नो सबैभन्दा ठूलो कार्पेट बजार गुमायो । त्यसअघि अमेरिकी बजारमा इरानी हस्तबुनिएका कालीनको ७० प्रतिशत हिस्सा थियो । इरानको राष्ट्रिय कालीन केन्द्रकी प्रमुख, जहरा कामानीका अनुसार,“अमेरिकाको निर्दयी र कठोर प्रतिबन्धका कारण हामीले आफ्नो प्रमुख बजार गुमायौं ।”
वैश्विक प्रतिस्पर्धा
सन् २०१७ मा यो उद्योगले अझै ४०० लाख डलरभन्दा बढीको निर्यात गरिरहेको थियो, तर हालको तथ्याङ्क अनुसार सन् २०२४/२५ मा निर्यात घटेर ४१.७ लाख डलरमा झरेको छ । इरानका कार्पेट अहिले जर्मनी, संयुक्त अरब इमिरेट्स, जापान र चीनजस्ता देशमा निर्यात हुन्छन् । तर यता, भारत, नेपाल, पाकिस्तान र चीनले सस्तो दरमा कालीन उत्पादन गरी बजार कब्जा गरिरहेका छन् । केहि विदेशी कालीन त इरानमै पुनः आयात भइरहेका छन् ।
उद्योगमा आश्रित लाखौं जीवन
कामानीका अनुसार, इरानमा झण्डै २० लाख मानिस यो उद्योगमा निर्भर छन् । तिनीले दैनिक केबल केही डलर आम्दानी गर्ने गर्दछन् । व्यापारी हामेद नबीजादेहले भने, “भारत, टर्कीए र चीनबाट इरानमा कालीन आयात भइरहेको छ, जसका कारण घरेलु बिक्रीमा ठूलो गिरावट आएको छ ।”
पर्यटनमा गिरावट
पहिले-पहिले विदेशी पर्यटकले स्मरणीय उपहारको रूपमा इरानी कालीन किन्थे । तर हाल अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रनु र यात्रा चेतावनीहरूका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । “आजकाल पर्यटकलाई हाम्रो कार्पेट मन नपर्न सक्छ । मूल्य पनि धेरै महँगो लाग्छ,” नबीजादेहले भने । “३०-४० हजार डलर पर्ने रेशमी कालीन आजको युरोपेली ग्राहकले किन्ने अवस्था छैन ।”
अर्थनीति र सरकारी समर्थनको अभाव
विशेषज्ञका अनुसार उद्योगमा गिरावटको मूल कारणमा अन्तर्राष्ट्रिय प्रतिबन्ध, विदेशी मुद्रासँग सम्बन्धित त्रुटिपूर्ण नीति, उच्च उत्पादन लागत र सरकारी बेवास्ता जिम्मेवार छन् । व्यापारमन्त्री मोहम्मद अताबकले भने, “हामीले केही अन्तर्राष्ट्रिय बजार गुमाएका छौं, तर नयाँ व्यापार सम्झौता र नीतिको सहायताले उद्योगलाई पुनः जिवन्त बनाउन सकिन्छ ।” “कालीन आधुनिक आन्तरिक सजावटको रुचिअनुसार बनाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमार्फत ब्रान्डिङ र अनलाइन ग्राहकहरू तान्ने प्रयास गर्नु आवश्यक छ ।”
घरेलु बजार पनि धराशायी
डलरको तुलनामा इरानी मुद्रा अत्यधिक कमजोर बनेपछि घरेलु ग्राहक पनि हस्त बुनिएको कालीन किन्न असमर्थ छन् । ३१ वर्षीया विवाहको तयारीमा रहेकी शीमा भनिन्, “मैले सधैं आफ्ना दाइजोमा हातले बुनेको कालीन चाहन्थें, तर परिवारले किन्ने सक्दैन । त्यसको सट्टा हामीले कारखानामा बनेको कालीन किनेका छौं ।” “आजकाल धेरै परिवारहरू सस्तो मूल्यका यान्त्रिक कालीन रोजिरहेका छन्, या त केहीले त कालीन नै किन्न छोडेका छन्,” उनले थपिन । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: