काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्व र विशेष महाधिवेशनमा जेनजीलगायत युवाहरुको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्न प्रस्ताव गरेका छन् ।
आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले युवाहरुको सक्रिय सहभागितामा जोड दिएका हुन् ।
प्रचण्डले जेन जी आन्दोलनपछि विकसित परिस्थितिलाई मध्यनजर गर्दै विशेष महाधिवेशन आयोजना गर्ने प्रस्ताव गरेका छन् । उनले वर्तमान केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने बताए । आयोजक समितिमा वर्तमान केन्द्रीय समिति, प्रदेश पदाधिकारी र केन्द्रीय प्रतिनिधिहरु रहने व्यवस्था प्रस्ताव गरिएको छ ।
उनले अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था तत्कालका लागि स्थगित गर्ने र महाधिवेशन अवधिसम्म अध्यक्ष आयोजक समितिको संयोजकको भूमिकामा रहने प्रस्ताव गरेका छन् ।त्यस्तै, अन्य पदाधिकारीहरु आयोजक समितिको सचिवालयको भूमिकामा रहनेछन् ।
प्रचण्डले विशेष महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्यविधि सचिवालयले तयार गर्ने र जनवादी अभ्यासमार्फत् सम्बन्धित समिति तथा संगठनहरुले प्रतिनिधि छनौट गरी महाधिवेशन हुनुभन्दा कम्तीमा १५ दिन अगाडि केन्द्रीय कार्यालयमा विवरण पठाउनुपर्ने बताए ।
महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा संगठनात्मक प्रतिवेदन महाधिवेशनको मितिभन्दा एक महिना अगाडि नै सबै समितिमा छलफलका लागि पठाइनेछ । सम्बन्धित समितिहरुले लिखितरुपमा सुझाव केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ । साथै, पार्टीको विचार, कार्यदिशा, कार्ययोजना, कार्यशैली र भूमिकाका विषयमा सार्वजनिक संवादका विभिन्न माध्यममार्फत् जनस्तरबाट सुझाव संकलन गरिने उनले बताए ।
अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा जेनजीलगायत युवाहरुको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्ने प्रस्ताव गरेका छन् । उनले युवाहरुको सक्रिय सहभागिताले पार्टीको नेतृत्व र सांगठनिक संरचनालाई थप गतिशील र समावेशी बनाउने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: