ताइपेई । प्रशान्त महासागरमा गत हप्ता बनेको सुपर टाइफुन रागासाले ताइवान, फिलिपिन्स, चीन र भियतनाममा व्यापक क्षति पुर्याएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार ताइवानमा भारी वर्षा र बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु र ४६ जना घाइते भएका छन् । ह्वालिएन काउन्टीमा ३१ जना बेपत्ता रहेको रिपोर्ट गरिएको छ ।
रागासा सोमबार सुपर टाइफुनको रूपमा दुई ६० किलोमिटर प्रतिघण्टाको हावासहित फिलिपिन्समा अवतरण भएको थियो । यहाँ कम्तीमा नौ जनाको मृत्यु भएको छ भने एक माछा मार्ने जहाज पल्टिँदा १३ जना कर्मचारी जोखिममा परेका थिए ।
बुधबार रागासालाई सुपरबाट गम्भीर टाइफुनमा डाउनग्रेड गरिएको थियो र अहिले दक्षिणी चीनको तटतर्फ अघि बढ्दै भियतनामतर्फ प्रवेश गरेको छ । चीनको गुआङ्गडोङ प्रान्तमा २१ लाख ६० हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । रागासाको हावा यहाँ एक सय ६५ माइल प्रतिघण्टाको तीव्रतामा रहेको रिपोर्ट गरिएको छ ।
ताइवानमा गुआङ्फु टाउनसिपको अवरोध ताल फुट्दा तीन सय जना स्थानीय फसेका थिए र दुई बिरामीको बाढीका कारण मृत्यु भएको थियो । हङकङमा पनि केही अवरोध देखिएको थियो, तर विमानस्थल र सार्वजनिक यातायात क्रमशः सामान्य अवस्थामा फर्कंदैछन् ।
फिलिपिन्सले अर्को उष्णकटिबन्धीय आँधी बुलोई (ओपोङ) का लागि तयारी गरिरहेको छ । देशले २५ लाख पारिवारिक फुड प्याक र अन्य आवश्यक सामग्री रणनीतिक रूपमा वितरण गर्न थालेको छ ।
मौसम विभागका अनुसार बुलोई सेप्टेम्बर २६ मा लुजोनमा सिधै ठोक्किन सक्ने सम्भावना छ । भियतनाममा पनि रागासाको प्रभाव उच्च रहेको छ । आँधीको गति २० किमी प्रतिघण्टामा पश्चिमतर्फ सर्दैछ र अर्को २४ घण्टाभित्र उष्णकटिबन्धीय अवसादमा कमजोर हुने अनुमान गरिएको छ । उत्तरी तटीय क्षेत्रमा भारी वर्षा हुने अपेक्षा गरिएको छ ।
यस वर्षको रागासा चीन र ताइवान हुँदै गएको सबैभन्दा शक्तिशाली टाइफुन मानिएको छ । यसले व्यापक जनधन र पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरू सुरक्षित स्थानमा स्थानान्तरण र उद्धार कार्यमा जुटेका छन् ।रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: