Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै

खबरडबली संवाददाता

पेरिस । पेरिसको अदालतले बिहीबार फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७ को राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली नेता मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको आरोपसम्बन्धी फैसला सुनाउँदैछ ।

यदि दोषी ठहर भएमा ७० वर्षीय सार्कोजी अवैध विदेशी कोष स्वीकार गरी पद जित्ने पहिलो पूर्वराष्ट्रपति हुनेछन् । उनले यस वर्षको सुरुआतमा तीन महिनासम्म चलेको सुनुवाइमा तीन पूर्वमन्त्रीसहितका ११ सह–प्रतिवादीहरूसँगै सबै आरोप अस्वीकार गरेका थिए ।

धेरै कानूनी घोटालाले आफ्नो राजनीतिक विरासतलाई धुमिल बनाए पनि सार्कोजी गायक–मोडेल कार्ला ब्रुनीसँगको विवाहका कारण फ्रान्सको दक्षिणपन्थी राजनीति र मनोरञ्जन सर्कलमा अझै प्रभावशाली छन् । दोषी ठहर भए पनि उनले अपिल गर्न सक्नेछन्, जसले सजाय कार्यान्वयनलाई स्थगित गर्नेछ। अभियोजनकर्ताले सात वर्षसम्मको जेल सजाय माग गरेका छन् ।

– लिबियाली पैसाको दाबी –

लिबियाली सञ्चारमाध्यम र गद्दाफी आफैँले सार्कोजीको अभियानमा करोडौँ युरो गोप्य रूपमा खर्च गरेको दाबी गरेपछि यी आरोपको जरा सन् २०११ मा देखियो ।

सन् २०१२ मा अनुसन्धानात्मक मिडियापार्टले पाँच करोड युरो कोष सम्झौतासम्बन्धी लिबियाली गुप्तचर मेमो प्रकाशित गर्‍यो । सार्कोजीले कागजातलाई नक्कली भन्दै मानहानि मुद्दा दायर गरे तर फ्रान्सेली मजिस्ट्रेटहरूले यसलाई प्रामाणिक देखिने बताएका थिए ।

अनुसन्धानमा सन् २००५ देखि सन् २००७ को बीचमा सार्कोजी गृहमन्त्री हुँदा उनका सहायकहरूसँग लिबियाली प्रतिनिधिहरूको भेटघाटलाई पनि जोडिएको थियो ।

सन् २०१६ मा व्यापारी जियाद ताकिडाइनले त्रिपोलीबाट नगदले भरिएका सुटकेसहरू फ्रान्स ल्याएको बताएका थिए, तर पछि बयान फिर्ता लिए । यही घटनाले साक्षी छेडछाडसम्बन्धी छुट्टै अनुसन्धानलाई जन्म दियो । ताकिडाइनको मङ्गलबार बेरुतमा ७५ वर्षको उमेरमा निधन भएको छ ।

– मुद्दामा आरोप र प्रतिशोधको दाबी –

सार्कोजीलाई निष्क्रिय भ्रष्टाचार, अवैध अभियान वित्तपोषण, सार्वजनिक कोष दुरुपयोग लुकाउने र आपराधिक सङ्गठनसम्बन्धी आरोपमा मुद्दा चलाइएको हो । अभियोजनकर्ताले उनलाई गद्दाफी शासनसँगको ‘भ्रष्टाचार सम्झौता’ बाट फाइदा लिएको आरोप लगाएका छन् ।

गद्दाफीलाई सन् २०११ को विद्रोहमा अपदस्थ गरी मारिएको थियो । सार्कोजी त्यतिबेला लिबियामाथि सैन्य हस्तक्षेप गर्न दबाब दिने पहिलो पश्चिमी नेतामा पर्थे । उनले यी सबै आरोपलाई ‘गद्दाफी कुल र झुट बोल्नेहरूद्वारा मञ्चित षड्यन्त्र’ भन्दै खारेज गरेका छन् । उनका अनुसार गद्दाफीलाई हटाउन पहल गरेको प्रतिशोधस्वरूप आफूमाथि मुद्दा लगाइएको हो ।

– अन्य कानूनी धक्कापछि –

जुनमा अर्कै मुद्दामा दोषी ठहर भएपछि फ्रान्सको सर्वोच्च सम्मान ‘लिजन अफ अनर’ सार्कोजीबाट खोसिएको थियो ।

यसअघि सन् २०१४ मा उनले घुस दिने प्रयास गरेको अभियोगमा दोषी ठहर भई एक वर्षको निगरानी सजाय पाएका थिए ।

गत वर्ष भने असफल सन् २०१२ को पुनःनिर्वाचन अभियानमा खर्च सीमा नाघेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो । यसको आधा भाग निलम्बन गरिएको छ । उनले त्यो फैसलामाथि पनि सर्वोच्च अदालतमा अपिल गरेका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending