Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सल्यानकाे शारदा नगरपालिकामा नगरबस सेवा सुरु

खबरडबली संवाददाता

सल्यान । सल्यान जिल्लामा पहिलोपटक नगरबस सेवा सञ्चालनमा आएको छ । सदरमुकामस्थित शारदा नगरपालिकाले शुक्रबार श्रीनगर बसपार्कमा विशेष कार्यक्रममार्फत मेयर प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा नगरबस सेवा शुभारम्भ गरेका हुन् । 

नेपाली हिन्दूहरूको महान् पर्व बडादसैँका अवसरमा खैरावाङ भगवती मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनलाई लक्षित गर्दै श्रीनगरदेखि खैरावाङसम्मको मार्गमा नगरबस सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता राजेशकुमार शर्माले जानकारी दिए । उनका अनुसार दसैँ अवधिमा यात्रुको भीड व्यवस्थापन र यातायातको सहजताका लागि बस सेवा सुरु गरिएको हो ।

मेयर भण्डारीले दसैँपश्चात् दोस्रो चरणमा श्रीनगरदेखि सदरमुकाम खलंगासम्म नियमित नगरबस सेवा सञ्चालन गरिने बताए । “नागरिकलाई सस्तो र सहज यातायात उपलब्ध गराउनु हाम्रो पहिलो कर्तव्य हो,” उनले भने । दसैँ अवधिभर श्रीनगर–खैरावाङ मार्गको न्यूनतम भाडा ५० रुपैयाँ निर्धारण गरिएको छ ।

शारदा नगरपालिकाले आफ्नो आन्तरिक राजस्वबाट बस खरिद गरी ग्रामीण र दुर्गम क्षेत्रका बासिन्दालाई क्रमशः सेवा विस्तार गर्ने योजना अघि सारेको छ । सस्तो र सुविधाजनक यातायात सेवाप्रति स्थानीयवासी उत्साहित देखिएका छन् । सिद्ध कुमाख गाउँपालिकाकी दुर्गा बुढाथोकीले भनिन्, “पहिले मन्दिर पुग्न महँगो भाडा तिर्नुपर्थ्यो, अब ५० रुपैयाँमै सहज पुग्न पाउँदा खुशी लागेको छ ।”

यस्तै, बिहान अटोमा २०० रुपैयाँ तिरेर मन्दिर पुगेकी बागचौर नगरपालिका–१० की करुणा पौडेलले फर्कदा ५० रुपैयाँमै श्रीनगर बजारसम्म आउन पाउँदा ठूलो राहत भएको अनुभव सुनाइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: