Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सर्बसाधारणको दैनिकी कष्ठकर बनेको प्रति मानब अधिकार आयोगको ध्यानाकर्षण

\"Manabकाठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले लामो समयदेखि देशमा जारी आन्दोलन, बन्द तथा प्रदर्शनका कारण पेट्रोलियम पदार्थ, औषधिलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुँदा सर्वसाधारण नागरिकको दैनिक जनजीवन दिनानुदिन कष्टकर हुँदै गइरहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका कायममुकाय सचिव वेदप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गरी देशमा उत्पन्न असहज परिस्थितिबाट व्यक्तिको जीवनको अधिकार, खाद्यान्नको अधिकार, न्याय प्रशासनमा पहुँच, उपभोक्ताको अधिकार, स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने अधिकार, बालबालिकाको शिक्षा पाउने अधिकारलगायत मानव अधिकारको उपभोगमा व्यवधान खडा भएको आयोगको अनुगमनबाट पाइएको उल्लेख गरेका छन् ।

जनजीवन कष्टकर हुने गरी सीमा–नाका तथा राजमार्ग केन्द्रित अवरोधलाई मानवीय संवेदनशीलता र मानव अधिकारको प्रत्याभूतिका दृष्टिकोणबाट यथाशीघ्र वार्ता र संवादको माध्यमबाट तत्काल समाधान गर्न आयोगले सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

आयोगले वर्तमान असहज परिस्थितिमा प्रत्येक उद्योग–व्यवसायीले आफ्नो दायित्वप्रति संवेदनशील हुँदै उपभोग्य वस्तुको सहज आपूर्ति गर्न उद्योग व्यवसायी, यस कार्यमा बाधा व्यवधान खडा नगर्न आन्दोलनरत पक्ष र सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई अनुरोध गरेको छ । साथै उपभोग्य वस्तुको कालोबजार नियन्त्रण र अनुगमनतर्फ सरकारको ध्यान जानु जरुरी भएको आयोगको ठम्याइ छ ।

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि १९६६ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी महासन्धिलगायत नेपाल पक्ष राष्ट्र भएको मानव अधिकार सन्धिले सुनिश्चित गरेका मानव अधिकारको उपभोगमा व्यवधान आउने परिस्थितिलाई सम्बोधन गर्ने राज्यको दायित्व रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending