म्याग्दी । दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले दसैँ–तिहार लगायतका पर्वलाई विशेष महत्व दिने भएकाले रोजगार, व्यवसाय र अवसरका लागि देश विदेश पुगेकाहरु गाउँ फर्कन थालेका छन् । अधिकांश समय सुनसान भएका गाउँघरमा दसैँको आगमनसँगै उल्लास छाउन थालेको रघुगङ्गा गाउँपालिका–७ का चिमखोलाका कायाम रोकाले बताए ।
प्रवासमा रहेकाले चाडपर्व मनाउन छुट्टी लिएर आउने र विद्यालय तथा कार्यालयमा बिदा हुने भएकाले अन्य समयको तुलनामा दसैँ–तिहारको समयमा गाउँघरमा जमघट बढी हुने उनको भनाइ छ । रोजगार, शिक्षालगायतका लागि युवा विदेश र सहरी क्षेत्रमा जाने प्रचलनका कारण पछिल्लो समय म्याग्दीका ग्रामीण भेगमा बुढापाका मात्रै बसोबास गर्छन् ।
चाडपर्व मनाउन वर्षमा कम्तीमा एक पटक गाउँ फर्कने भएकाले यो समय गाउँघर गुञ्जायमान हुने गर्छ । चाडपर्वलाई लक्षित गरेर गाउँघर सरसफाइले चिटिक्क परेका छन् । परम्परागत ढुङ्गे घरमा कमेरो र रातो माटोले पोतिएका छन् भने ढलान, प्लास्टर गरी निर्माण भएका पक्की घरमा रङ्गरोगन गरिएका छन् ।
चाडपर्व मनाउन युरोपियन मुलुकबाट बिदामा घर आएका धवलागिरि गाउँपालिका–६ का खड्क पुनले लामो समयपछि गाउँ फर्कदा चाडपर्वको रौनकले प्रवासका दुःख र अत्यासलाई मेटाइदिएको बताए । ‘प्रवासबाट आएको एक साता भयो, बजारमा किनमेल गरेर बाल बच्चासहित हामी गाउँ आइपुगेका छौँ, हरियाली वातावरण, धान र कोदोका फाँटले मन प्रफुल्ल बनेका छन्, गाउँघर यो समयमा धेरै नै सुन्दर बनेका छन्’, उनले भने । जिल्लाका अधिकांश गाउँमा वर्खायामको हिलो र झाडी पन्छ्याएर गोरटो बाटोलाई मर्मत गरिएको छ । परम्परादेखि नै चाडपर्वको समयमा झारा (श्रमदान) गरेर बाटो सरसफाइ र मर्मत गर्ने श्रम संस्कृति अझै यथावत रहेको छ ।
सडकमार्गलाई सञ्चालन गराउन स्थानीय सरकारले बजेट व्यवस्थापन गर्ने गरे पनि गोरेटो बाटो भने श्रमदानबाटै सरसफाइ गरिँदै आएको छ । हरेक घरबाट सहभागिता हुने गरी चाडपर्वको पूर्वसन्ध्यामा एक गाउँबाट अर्को गाउँ जाने र गाउँभित्रका गोरेटो बाटो सरसफाइ गरिएको रघुगङ्गा–३ दुलेपानीका युवा होम परियारले बताए ।
‘वर्खायाममा झाडीले बाटो नै ढाकिएका थिए, श्रमदानबाट सरसफाइ गरेपछि आवतजावतमा सहज हुने भएको छ’, परियारले भने । पछिल्लो समय युवा विदेशमा जाने प्रचलनका कारण श्रमदानमा महिलाको सहभागिता बढी हुने गरेको छ ।
दसैँलाई लक्षित गरी गाउँघरमा परम्परागत मेला आयोजना हुने गर्छन् । परम्परागत मनोरञ्जनको माध्यम बनेको मेला पर्वलाई पछिल्लो समय खेलकुद प्रतिस्पर्धा र कला संस्कृतिको प्रदर्शन गर्ने परम्परा सुरु भएको छ । दसैँ तिहारको अवसरमा यहाँका दर्जनौँ गाउँ बस्तीमा मेला पर्व आयोजना भइरहेका छन् ।
परम्परागत मेला पर्वको निरन्तरता पाउनु सकारात्मक पक्ष भए पनि ती नै मेलापर्वबाट शान्ति सुरक्षामा असर पुग्ने गतिविधि हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।
जिल्लामा हुने कतिपय अपराधिक घटनाको सुरुवात मेला पर्वमा युवामा हुने मनमुटाम र झैझगडाबाट सुरुवात भएको पाइएकाले निश्चित अवधिका लागि अनुमति लिएर शान्ति सुरक्षालाई असर नपर्ने गरी मौलिककला संस्कृतिको संरक्षणमा योगदान पुग्ने गरी मेला सञ्चालन गर्नुपर्ने उनले बताए ।
चाड पर्वको समयमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्ने तयारी गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: