बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडक चार महिनापछि पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अछामले मर्मतको काम सुरु गरेसँगै गत शुक्रबारदेखि सो सडक पुनः सुचारु भएको हो ।
यहाँका पालिकालाई समन्वय गरेर विगत चार महिनादेखि अवरुद्ध भएको सो सडक दसैँ अगावै सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा जिल्लाको पुर्विउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिकाका स्थानीयले जेठदेखि असोजसम्म मार्तडी आउन जान निकै सास्ती खेप्दै आउनु परेको थियो । यती बेला सो सडक सुचारु भए पनि भने यहाँका स्थानीयलाई दसैँ तिहारमा गाउँमा आउव जावत गर्न निकै सहज भएको छ ।
विगत चार महिनादेखि अवरुद्ध सडक बल्ल सुचारु भए पनि यती बेला कोल्टीदेखि जिप मार्तडीमा आउजाउ भएको चालक बुढीनन्दा नगरपालिका स्थानीय जिप चालक रामबहादुर कार्कीले बताए । उनले भने, “मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा गत जेठको अन्तिममा जिप कोल्टीमा रोकिएका थिए ।” यती बेला दसैँ अगावै बाटो मर्मत भएपछि अहिले कोल्टीदेखि मार्तडी सञ्चालन गर्ने गरेको कार्कीले बताए ।
पानी पर्न नरोकिएकै कारण मार्तडी–कोल्टी सडक मर्मत गर्न सकेको थिएन । यती बेला पानी राकिएकोले मर्मत सम्भारको काम सुरु गरेसँगै बाटो सुचारु भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका जङ्गबहादुर थापाले बताए । उनले भने, “हामी सँग डोजर थिएन् । तै पनि हामी यहाँका स्थानीय तहलाई समन्वय गरेर बुढीनन्दा नगरपालिकाको डोजर भाडामा लिएर काम सुरु गरेका हौ ।”
पालिकाले प्रति घण्टा डोजर चलाए वाफत सात हजार पाँच सय भनेको छ । तर हामीले नेपाल सरकारको प्रचलित दर रेट अनुसार चार हजार ७४१.९३ का दरले डोजर प्रयोग गरेवाफत रकम दिने थापाले बताए । मार्तडीदेखि कोल्टीसम्म झण्डै ४२ किलोमिटर मात्र सडक पर्छ । यसमा झण्डै १४ किलोमिटर बडीमालिका नगरपालिकाकै क्षेत्रमा पर्छ । यता बुढीनन्दा नगरपालिकाको क्षेत्रमा २८ किलोमिटर पर्छ । बर्खाको पानीले यो सडक तहस नहस पारेपछि यहाँ चल्ने सवारी साधन विगत चार महिनादेखि मार्तडीमै रोकिएका थिए ।
गत जेठको अन्तिमदेखि जिल्लीमा गएको पहिरोले सडक अवरुद्ध पारेको थियो । पानी पर्दै गरेका कारण त्यहाँ सफा गर्न सकिएको थिएन । यती बेला यहाँका बुढीनन्दा बडीमालिका र भौतिक पूर्वाधार विकास कार्यालय अछामलाई दशै अगावै बाटो सुचारु गर्ने गरी पहल गर्दै आएपपछि बल्ल सडक सुचारु भएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: