Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

इरानद्वारा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको पुनरागमनको निन्दा

खबरडबली संवाददाता

तेहरान । पश्चिमी शक्तिहरूसँगको वार्ता असफल भए सँगै इजरायली र अमेरिकी आणविक साइटहरूमा आक्रमण गरे पछि इरानले आइतबार आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घको पुनः प्रतिबन्धलाई “अन्यायपूर्ण” भन्दै निन्दा गरेको छ ।

इरानको आणविक र ब्यालिस्टिक मिसाइल गतिविधिहरूसँग सम्बन्धित लेनदेनलाई रोक्ने उपायहरू, पश्चिमी शक्तिहरूले सन् २०१५ को आणविक सम्झौता अन्तर्गत “स्न्यापब्याक” संयन्त्र सुरु गरेपछि रातारात लागु भएको थियो ।

“रद्द गरिएका प्रस्तावहरू पुनः सक्रिय गर्नु कानुनी रूपमा आधारहीन र अन्यायपूर्ण रहेको भन्दै सबै देशहरूले यो अवैध अवस्थालाई मान्यता दिनु नहुर्ने इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

इरानले आफ्नो राष्ट्रिय अधिकार र हितको दृढतापूर्वक रक्षा गर्ने र आफ्ना जनताको अधिकार र हितलाई अवमूल्यन गर्ने उद्देश्यका कुनै पनि कार्यको दृढ र उचित प्रतिक्रियाको सामना गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिबन्धहरूको पुनरागमनले इजरायली र अमेरिकी सेनाले इरानी आणविक सुविधाहरूमा बम प्रहार गरे पछि जुन देखि सुरु भएको आणविक वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले महिनौंको तनावपूर्ण कूटनीतिलाई अन्त्य गरेको जनाइएको छ ।

पुनस्र्थापनाको बावजुद, पश्चिमी नेताहरूले संवादका लागि च्यानलहरू खुला रहेको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई “सद्भावका साथ आयोजित प्रत्यक्ष वार्तालाई स्वीकार गर्न आग्रह गरेका छन् ।

उनले संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूलाई “इरानका नेताहरूलाई आफ्नो राष्ट्रका लागि सही र विश्वको सुरक्षाका लागि उत्तम काम गर्न दबाब दिन” प्रतिबन्धहरू “तुरुन्तै” लागू गर्न पनि आह्वान गरेका छन् ।

बेलायती, फ्रान्सेली र जर्मन विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्ति मार्फत “इरानले कहिल्यै आणविक हतियार प्राप्त नगर्ने सुनिश्चित गर्न नयाँ कूटनीतिक समाधान खोजी जारी राख्ने जनाएका छन् ।

उनीहरूले तेहरानलाई कुनै पनि द्वन्द्व भड्काउने कार्यबाट टाढा रहन पनि आह्वान गरेका छन् ।

इरानले संयुक्त राष्ट्रसङ्घका निरीक्षकहरूलाई आफ्ना आणविक साइटहरूमा फर्कन अनुमति दिएको भएता पनि राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले आफ्नो युरेनियमको भण्डार हस्तान्तरण गरेको बदलामा राहतको प्रस्ताव गरेको तर प्रस्ताव अस्वीकार्य भएको बताएका छन् ।

अप्रिलसम्म प्रतिबन्धहरू स्थगित गर्न इरानका सहयोगीहरू रूस र चीनले गरेको प्रयास असफल भए पछि आइतबार देखि तेहरानमा पुनः प्रतिवन्ध लागू भएको हो । बेलायत र फ्रान्ससँगै जर्मनीले पनि इरानले आफ्नो दायित्वहरूको पालना नगरेकोले प्रतिवन्ध लागु गर्ने पक्षमा विचार व्यक्त गरेका छन् ।

यद्देपी उनीहरुले नयाँ सम्झौता र वार्ताका लागि आफुहरु खुला रहेको र कूटनीतिक प्रयास जारी रहने बताएका छन् । रुस भने प्रतिबन्ध अवैध भन्दै त्यसलाई लागु गर्ने नहुने पक्षमा रहेको रूसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले बताएका छन् ।

इरानले भने आफुले लामो समयदेखि आणविक हतियार नचाहेको दाबी गर्दै आएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending